जीतपुरसिमराले उपलब्ध गराएको नयाँ कम्युटर एकदिन पनि नचलेर फिर्ता, पत्रकारको नाममा धम्की

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका मार्फत बिद्यालयलाई उपलब्ध गराएको कम्युटर एकदिन पनि नचलेर फिर्ता भएको छ ।

बाराको जीतपुरसिमरा वडा नं। १८ को बजेटबाट गतबर्षको बजेटमा उपलब्ध गराएको एक लाख वापतमा एक कम्युटर र फोटोकपी मेसिन बालबालिका आधारभुत विद्यालयले काम नगर्ने भएपछि मर्मत गर्न फिर्ता गरिएको बिद्यालयका प्रधानाध्यापक नर्मदा दहालले बताउनु भयो ।

एक लाखको बजेटमा ५४ हजार रुपैया मात्र खर्च गरी बाँकी रकम दुरुपयोग भएको प्रधानाध्यापक दहालले बताईन ।

कम्युटर असारको अन्तिममा उपलब्ध गराएपनि बिद्यालय कार्तिक पछि शुरु भएको र हाल प्राबिधिक आएपछि चलाउन खोज्दा कम्युटर नचलेको र पुरानो भएको प्राबिधिकले बताएपछि आफुले नगरमा सम्पर्क गरी कम्युटर फिर्ता पठाएको भएपनि २० दिन भयो आजको दिनसम्म कम्युटर नआएको उहाँले बताईन ।

सो बारेमा सप्लायर्सलाई सम्र्पक गर्दा उल्टै म पत्रकार महासंघको अध्यक्ष हु मेरो सबै सेटिङ्ग छ , केही हुदैन भन्दै धर्काएको उनले बताईन ।

वडाअध्यक्ष अर्जुन प्रसाद दहालले वडाले खरिद गर्न पाएको भए एक लाख बजेटको एक लाखनै समान आउने भएपनि नगरले कुनैपनि खरिद गर्न नपाउने निति वनाएका कारण नगरमा सिफारिस गरी पठाएको मात्र रहेको बताउनु भयो ।

वडाको बजेट दुरुपयोग गरी कमसल सामाग्री बितरण गरेको जानकारीमा आएपछि नगरमा गई ध्यानाकर्षण गराई सकेको दहालले बताउनु भयो ।

नगरले मिलोमतोमा अधिकांश बजेट आफना मानिसहरुलाई विना प्रतिस्पर्धा दिने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले सबै काम एकै ब्यक्ती र संस्था मार्फत गर्दै आएको छ ।

उपमहानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोखरेलले प्रतिस्पर्धा नगरी एकै ब्यक्तीबाट काम हुने गरेको भन्ने नरहेको बताउदै आउने दिनमा सचेत भई प्रतिस्पर्धाका आधारमा खरिद गर्न निर्देशन दिएको बताउनु भयो ।

सो बारेमा सप्लायर्ससग सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन ।

शेयर
प्रतिक्रिया
Skip to content