सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाका १० वडाअध्यक्ष सहित कार्यपालिका सदस्य गरी १६ जना सदस्यले कार्यपालिका बैठक बहिस्कार गरेका छन् ।
शुक्रबार २ः३० बजे शुरु भएको कार्यपालिका बैठकमा पुर्व माओवादी समूह र जसपाका प्रतिनिधिहरुले नगर प्रमुखलाई एक हप्ते अल्टी मेटम समेत दिएका छन् ।
उनीहरुले आर्थिक हिसाबकिताब पारदर्शिता नभएको,शिक्षा ऐन सम्शोधन,अनुगमन समिति मनलाग्दी तरिकाले निर्णय भएको, खोलामा आफना कार्यकर्ता भर्ति गरेको, गणक नियुक्ती मनलाग्दी गरेको लगायतका बिषयमा असहमति जनाउदै एकहप्ता भित्र माग सम्बोधन नभए नगरपालिकामा तालाबन्दी गर्ने भन्दै बहिस्कार गरेका हुन ।
३४ सदस्य रहेको उपमहानगरको १६ जनाले बहिस्कार गरेपनि नेपाली काग्रेस र पुर्व एमालेका गरी १८ जना सदस्यले बहुमतले बैठक सम्पन्न भएको १ नं. वडाका वडाअध्यक्ष हिरा बहादुर गुरुङ्गले बताउनु भयो ।
उहाँले बहिस्कार गर्नेहरुले राखेका माग जायज भएको भएपनि छलफलबाटै समस्याको हल निकाली बिकासमा अबरोध नपुराउने उद्धेश्यले आफुहरु बैठकमा समाबेश भएको गुरुङ्गले बताउनु भयो ।
बहुमतले अनुगमन समिति लगायतका विभिन्न निर्णय गरेको र आगामी कार्यपालिका बैठक सोमबार १० गते तय गरी बैठक सम्पन्न भएको बताईएको छ । नेपाली काग्रेसले बहिस्कार गरेका समुहको माग समेत सम्बोधन हुनु पर्ने तर बैठक भने अबरुद्ध नगर्ने जनाएको छ ।