हिमाल युवा क्लव तेस्रो निजगढ मेयर कप फुटबलको सेमिफाईनलमा

तराइ संचार
तराइ संचार 649 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाई,
निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा हिमाल युवा क्लव निजगढ प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न दोस्रो क्वार्टरफाईनलमा रतनपुर युनाईटेड युथ क्लवलाई टाईब्रेकरमा ४—३ गोल अन्तरले पराजित प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमका खेलाडीहरुबाट गोलका लागि थुप्रै प्रयास भएपनि सफल हुन नसकी टाईब्रेकरमा गएको हो ।

टाईब्रेकरमा हिमालका वर्षात लामाले दोहोरो पहेलो कार्ड सहित रातो कार्ड पाएका थिए भने विवेक लामा, अर्बिन कुमर र ईन्द्रीज खड्काले पहेलो कार्ड पाएका थिए ।

प्रतियोगिता अन्तर्गत तेस्रो क्वार्टरफाईनलमा शनिबार एफसी कोलगाउ र योङ्गस्टार युवा क्लव बीच हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content