दलित सशतmीकरण ऐन कार्यन्वयनमा ढुक्क नरहेको ः पुर्व सहायक मन्त्री पासवान

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । पुर्व सहायक मन्त्री कलावती पासवानले दलित सशतmीकरण ऐन कार्यन्वयनमा ढुक्क नरहेको कुरामा जोड दिनु भएको छ ।

दलित सरोकार मञ्च नेपाल कनचनरुप नगरपालिका सप्तरीको आयोजनामा बाराको कलैयामा आयोजित ऐन कार्यन्वयनका अवस्था, चुनौती र अवसर बिषयक कार्यक्रमलाई कलैयामा सम्बोधन गर्दै सहायक मन्त्री पासवानले सो कुरा बताउनु भएको हो ।

आफनो पार्टी निकटका नेता तथा कार्यकर्ताहरुलाई समितिमा राखेर आफुखुसी काम गर्ने गराउने काम भएको हुदा ऐन कार्यन्वयनमा समस्या उत्पन हुने उनले बताईन ।

दलित आयोगको नाम दिएपनि त्यसको सबै बागडोर मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रीले आफनो हातमा राखेर झारो टार्ने गरी समिति बनाएको उनले आरोप लगाईन ।

मंन्चका अध्यक्ष एवम पत्रकार भोला पासवानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवान, दलित महिला संघ बाराकी अध्यक्ष किसमति देवी राम, दलित महिला अधिकारकर्मी, साबित्री शर्मा आयोजक संस्थाका सुनिल सबरिया, शिक्षक श्रीराम पासवान लगायतकाले ऐन कार्यन्वयनका बिषयमा आउने सक्ने चुनौतीका बारेमा चर्चा गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content