प्रजातन्त्र दिवशको अवसरमा सिम्रौनगढमा वृक्षरोपण अस्पतालमा फलफुल वितरण

तराइ संचार
तराइ संचार 942 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । प्रजातन्त्र दिवशको अवसर पारेर सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादवले वृक्षारोपन कार्यक्रम शुरुवात गरेका छन ।

नगरलाई हराभारा बनाउने अभियानका साथ वृक्षरोपनको आरम्भ गरिएको यादबले बताउनु भयो ।

पाउरहाउस रोडमा १ सय मलेसियन सालको विरुवा रोपी अभियानको शुरुवात मेयर यादवले गरेका छन ।

सिम्रौनगढ तामागढी सडक खण्डको पावर हाउ देखि भगवानपुर चोक सम्म ५ किलो मिटर रोडको दायाबाय ३५ सय बिरुवा रोप्ने लक्ष्य रहेको सिम्रौनगढ नगरपालिकाका प्रशासन शाखा प्रमुख राजिव यादवले जानकारी दिनु भयो ।

आगामी बर्ष भगवानपुर देखि हुलाकी राजमार्गको रौतहट जिल्लाको सिमाना रहेको अढुवा खोला सम्म र गंगानगरको नहर देखि अरुवा खोलाको दुवैपट्टीको सडक किनरामा सो बिरुवा रोपी सिम्रौनगढलाई हरित नगरपालिकाको रुपमा बिकास गर्ने लक्ष्य रहेको मेयर यादवले बताए ।

त्यसैगरी प्रजातन्त्र दिवशको अवसर पारेर विपी कोईराला यूवा नेतृत्व बिकास मन्च बाराले जिल्ला अस्पताल कलैयामा फलफुल बितरण गरेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सचिव मनोज भट्टको प्रमुख आतिथ्यमा फलफुल वितरण भएको थियो ।

मंचका जिल्ला अध्यक्ष राजेश सिहको अध्यक्षतामा कलैया अस्पतालमा उपचार गराई रहेको बिरामीहरुलाई फलफुल वितरण गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टले प्रजातान्त्रिक राष्ट्रमा बिकास र समृद्धिले फडको मार्दै बिधकिो शासन कायम गर्नुको साथ साथै अभिब्यतिm स्वतन्त्रताको पनि छुट भएको कुरामा जोड दिए ।

फलफुल बितरण कार्यक्रममा नेपाल बिधार्थी संघका निवर्तमान सहमहामन्त्रि राजेश रौनियार, पुर्व केन्द्रिय सदस्य रामाकान्त साह लगायत बिधार्थी नेताहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी प्रजातन्त्र दिबसका अबसरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बिहान प्रभात भेरी तथा बिबिध कार्यक्रम समेत भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content