सिकेन्द्र पासवान
कलैया । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले मुलुकमा अभिब्यतिm स्वतन्त्रतासंगै प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए सम्म लोकतन्त्र दिगोपन नहनुे कुरामा जोड दिएका छन ।
नेपाल प्रेस यूनियन बाराको १६ औ सधारण सभालाई निजगढ नगरपालिकाको मोहरी पार्कमा शनिवार सम्बेधन गर्दै प्रमुख अतिथी समेत रहेको अध्यक्ष चौहानले लोकतन्त्र तब मजबुत हुन्छ जब प्रेस स्वतन्त्र हुन्छ उनले भने । अहिले पत्रकार र प्रत्रकारितालाई कमजोर पार्नका लागि संघिय सरकार, प्रदेश सरकार लागी रहेको बताउदै अध्यक्ष चौहानले कुनै पनि हालतमा त्यो सहय नहुने कुरामा जोड दिए ।
बर्तमान प्रधानमन्त्रि ओलीको तानाशायी तन्त्रले मुलुकमा दिगो शान्ति स्थापना गर्नुको साटो झनझनै जटिलता थप्दै अनिर्णयको बन्दी बनाईरहेको आरोप लगाए ।
बिधीको शासन कायम गर्न पनि नसक्ने, नेपाली जनताले दिएको अभिमतको कदर नगर्ने अनि आफु संविधानको पालक हु भन्ने ओलीको ब्यवहार नेपाली जनताले बुझी सकेको चौहानको भनाई रहेको थियो ।
मुलुकको हरेक परिवर्तनमा नेपाली पत्रकारिताले खेलेको ईतिहास साक्षी रहेको स्मरण गराउदै अध्यक्ष चौहानले फेरिपनि यो मुलुकको सही दिशा प्रदान गर्नका लागि पत्रकारहरुले सडकमा आउनेमा दुई मत रहेको छैन उनले थपे ।
शाखाका सभापति श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, करैयामाई गाँउपालिकाका अध्यक्ष भुनेश्वर, धामी, महागढीमाई नगरपालिकाका उपमेयर तारादेवी कानु, नेपाल पत्रकार महासंघका प्रदेश २ का सचिव गुरु प्रसाद गौतम, सदस्यहरु सिकेन्द्र पासवान, भोजराज भट्रराई, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाल प्रेस यूनियनका पुर्व अध्यक्ष उमेशलाल दास, गणेश रिजाल, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजित, पत्रकारमहासंघका पुर्व उपाअध्यक्ष राकेश पाण्डेय, महासंघ बाराका कोषाअध्यक्ष मुकेश यादव, लगायतकाले शुभकमना मन्तब्य ब्यतm गरेका थिए ।
सोहि अवश्रमा नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, पुर्व अध्यक्षहरु उमेशलाल दास, रबिन्द्र सिह, गणेशराज रिजाललाई युनियन बाराले दोसल्ला ओढाई सम्मन गरेका थिए ।
स्वागत मन्तब्य शाखाका उपाअध्यक्ष बसन्त खतिवडाले गरेका थिए भने संचालन सचिव साजिर मंसुरको रहेको थियो । त्यसैगरि बन्दशत्रले कोषअध्यक्ष बसन्त शर्माको आर्थिक प्रतिवेदन र सचिव मंसुरको संगाठनिक प्रतिवेदन पास भई सधारणसभा शौहार्दपुर्ण बतावरणमा सम्पन्न भएको हो ।