तेस्रो निजगढ मेयर कप फुटबल अन्तिम क्वार्टरफाईनलमा निजगढ युवा क्लव ए बिजयी

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं
निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनल खेल सम्पन्न भएको छ । आईतबार अन्तिम क्वार्टर फाईनलको खेलभएसंगै तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनल सम्पन्न भएको हो ।
आईतबार सम्पन्न अन्तिम क्वार्टरफाईनल खेलमा बाघभैरव युवा क्लवलाई ३—१ गोलको अन्तरले पराजित गर्दै निजगढ युवा क्लव ए प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । निजगढ युवा क्लवको जितमा खेलको २३ औ मिनेटमा समिर कुमरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बाघभैरवमाथि निरन्तर आक्रमण गरिरहेको निजगढ युवा क्लवका समिर तामाङले ३९ औ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
१ मिनेट पश्चात नै समिर तामाङले नै गोल गर्दै टिमलाई ३—० को आवस्थामा पुर्याए । पहिलो हाफमा ३—० ले अघि रहेको निजगढ युवा क्लवले दोश्रो हाफमा पनि गोलको थुप्रै प्रयास गरेपनि सफल हुन सकेन । ७६ औ मिनेटमा बाघभैरवले मैदानको मध्यभाग बाट प्राप्त गरेको फ्रिकिक मार्फत मनोज खड्काले गोल गर्दै खेलमा फर्कने संकेत दिलाएका थिए । तर थप गोल गर्न नसक्दा खेल निजगढ युवा क्लवको पक्षमा गयो ।
खेलमा बाघभैरव युवा क्लवका कप्तान प्रशान्त राउतले पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का जन्मजय धामी भए । प्रतियोगिता अन्तर्गत सोमबारबाट सेमिफाईनलका खेलहरु हुनेछन । सोमबार हुने पहिलो सेमिफाईनलमा योङ्गस्टार युवा कलव र सिंगौल फुटबल क्लव ए बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

शेयर
प्रतिक्रिया
Skip to content