एक हप्ता टिकेन प्रदेश ट्राफिक प्रहरी प्रमुखको अडान

तराइ संचार
तराइ संचार 732 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको पथलैयामा रहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख परिवर्तन भए लगत्तै ट्«याक्टर ट्रक लगायतमा पराल भुसा ढाला भन्दा माथी र बाहिर बोक्न नपाउने निर्णय गरी कार्वान्वयनमा ल्याएको एक हप्ता बित्न नपाउदै फेरी पुरानै शैलीमा शुरु भएको छ ।

बाराको पथलैयामा रहेको प्रदेश ट्राफिक प्रमुखमा हिमालय श्रेष्ठ आए लगत्तै गरेको निर्णय एक हप्ता टिकाउन नसक्नु दुःखद भएको स्थानीयले बताएका छन् ।
खुल्लारुपमा राजमार्गमा लिएर हिड्ने पराल र भुसको धुलोले अन्य सवारी र पैदल यात्रीलाई समस्या बनाउदै आएपनि नयाँ प्रमुख आएपछि कडाई गरी त्यस्ता सवारीलाई घरमै फिर्ता पठाउने गरेपनि यस्तो राम्रो कार्य एकहप्तामै परिवर्तन हुनले ट्राफिक प्रहरीमाथी शंका उत्पन्न भएको पथलैया निवासी सरोज लामाले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content