सिमरा । अखिल नेपाल महिला संघ अनेमसंघ बाराद्वारा प्रतिगमन, हत्या, हिंसा र बलात्कारको बिरोधमा बिरोध जुलुस तथा कोणसभा सम्पन्न भएको छ ।
बाराको कलैया स्थित पार्टी कार्यालयबाट शुरु भएको जुलुशले सदरमुकाम कलैयाा परिक्रमा गर्दै भरतचोकमा कोणसभा सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ अनेमसंघ बाराका अध्यक्ष शोभा कार्कीको अध्यक्षतामा सम्पन्न कोणसभामा अखिल नेपाल महिला संघ अनेमसंघका केन्द्रिय सदस्य विभा कार्की, केन्द्रिय सदस्य तथा प्रदेश संयोजक शिला खनाल, प्रदेश सभा सदस्य सिता गुरुङ्ग, अखिल नेपाल महिला संघ अनेमसंघका केन्द्रिय सदस्य गिता कडेल, जिल्ला सदस्यहरु मालती कुशवाहा, रिता यादब लगायतले आफना मन्तब्य राख्दै सरकारको आलोचना गरेका थिए ।
कार्यक्रममा पुर्वमन्त्री, पार्टीका केन्द्रिय सदस्य लगायतको उपस्थिति रहेको थियो ।