प्रचण्ड –माधव पक्षको पत्रकारहरुको संगठन प्रेस संगठनको केन्द्र र प्रदेश समिति गठन, बाराका विदुर खड्का सह–संयोजक,केन्द्रिय कार्यालय सदस्यहरुमा चमिना भट्टराई

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 693 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । प्रचण्ड –माधव पक्षको पत्रकारहरुको संगठन प्रेस संगठन, नेपालको केन्द्रिय समितिदेखि प्रदेस समिति गठन भएको छ ।

प्रेस संगठन, नेपालको प्रदेश नम्बर दुईको इन्चार्जमा प्रकाश खतिवडा, सह–इन्चार्जमा हिरालाल चौधरी, संयोजक धनुषाका किरण कर्ण, सह–संयोजकहरुमा पर्साका राघव शाह र बाराका विदुर खड्का र रौतहटका मदन ठाकुर भएका छन् ।

त्यसैगरी सचिवमा पर्साका व्रिजलाल पासवान भएका छन् । किरण कर्णको यस अघि पनि ओली समूहको पत्रकार संगठनमा समेत नाम आएको थियो । अन्य प्रदेशमा पनि गठन भएको छ ।

निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संबिधानमाथि प्रहार गर्दै ५ पुस २०७७ मा सरकारले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नयाँ चुनौती र खतरा पैदा भएको र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध रहेको ठहर सहित प्रेस संगठन नेपाल अभियान र आन्दोलनमा रहेको केन्द्रिय अध्यक्ष महेश्वर दहालद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको यो संबिधान विरुद्धको प्रहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धकै कदम हो भन्ने हाम्रो ठहर छ । यही परिवर्तित सन्र्दभमा ६ पुस २०७७ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले निर्देशित गरे बमोजिम प्रेस संगठन नेपालको जिम्मेवारी हेरफेर गरिएको संयोजक महेश्वर दाहालद्धारा जारी बिज्ञप्ती मार्फत जनाईएको छ ।

केन्द्रिय सह–संयोजकमा विश्वमणि सुवेदी, सह–संयोजकमा विष्णु सापकोटा, महासचिवमा राजेश राई रहेका छन् ।

त्यसैगरी केन्द्रिय कार्यालय सदस्यहरुमा अमृतनाथ तिम्सिना, कमल गिरी, गंगा बराल, चमिना भट्टराई, देवराम यादव, ध्रुव बुढाथोकी, नरेन्द्र साउद, मनोज घर्तीमगर, मौसम रोकामगर, राजेश राई, रामकुमार एलन, विवेक गौतम, विश्वमणि सुवेदी, विष्णु सापकोटा, सइन्द्र राई, सुरेशचन्द्र अधिकारी, सुरोजंग पाण्डे, हेमकर्ण वि.क. रहेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content