आरती सोप एण्ड भेजिटेबल तेल उद्योगमा गएरातीबाट लागेको आगो १७ घण्टापछि नियन्त्रणमा

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जितपुर स्थीत आरती सोप एण्ड भेजिटेबल तेल उद्योगमा गएरातीबाट लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका ९ मा रहेको सो तेल उद्योगमा विधुत सर्ट भई आईबार साँझ करिब ७ बजेबाट उद्योगमा लागेको आगो सोमबार विहान करिब ११ बजे नियन्त्रणमा आएको बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए ।

बारा र पर्साका गरी करिब ८ वटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगायतको टोलिले आगो नियन्त्रणमा लिएको हो ।

उद्योगपति श्याम मुलैयाले संचालन गरेको उधोगले तेल तथा साबुन उत्पादन गर्दै आएको थियो । तेल उत्पादन गर्ने तर्फको कच्चा पदार्थ भण्डारण गृहमा आगलागी हुदा करिब ३ करोड मुल्य बाराबरको कच्चा तथा तयारी सामान जलेर नष्ट भएको बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content