सिकेन्द्र पासवान
कलैया । नेपाल र भारत बिच रहेको संन्तगंज नाका खुलाउने स्थानिय ज्ञानचन्द्र प्रसाद यादवले आमरण अनसन शुरु गरेका छन् ।
सुवर्ण गाँउपालिका वडा नम्बर २ संन्तगंज नाकामा ८ गते देखि आमरण अनसन शुरु गरेका हुन ।
नेपाल र भारत बिच शदियौ देखि चली आएको रोटी बेटीको सुमधुर सम्बन्धका कारण दुवैतिरको बोर्डरहरुमा आवतजावतका लागि कुनै अवरोध नरहेको भएपनि कोभिड १९ को संक्रमण पछि नाका बन्द अबस्थामा छ ।
कोभिड १९ नियन्त्रण उच्च स्तरीय बैठकबाट केही नाकाहरु खोल्ने सहमति भएपनि संन्तगंज नाका नखोलिदा यस क्षेत्रका नागरिकहरुलाई सास्ती भोग्दै आएका छन् । यस्तो अवस्थामा नागरिकको मागलाई ध्यानमा राखेर आफु आमरण अनसन बसेको यादवले बताउनु भयो ।
माघ २४ गते देखि २७ सम्म जारी रिले अनसन भईरहदा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, सुरक्षा निकायका प्रमुखहरु, स्थानिय तहका प्रमुखहरुसंग सर्वपक्षिय रुपमा बार्ता गरी १० दिनमा नाका खोलाउन सहमति गरेपनि सो सहमतिलाई बेवास्ता गर्दै नाका नखोलेपछि यस क्षेत्रका बासिन्दाहरुलाई उपचार गराउन देखि जीवनयापनका लागि खाद्यान्य लगायत अन्य समाग्रीहरु किनमेल गर्नमा समेत समस्या हुन थालेकाले आमरण अनसन बसेको यादवले भन्नु भयो ।
निरंकुश राजतन्त्रको बिरोधमा, २०३६ सालको जनमत संग्रह, पंञ्चयातलाई फाल्ने अभियानमा सरिक भई लोकतन्त्रको निमित काम गर्दै २०४२ सालको बमकान्डमा समेत मुद्धा खेपेका यादब नागरिकको लागि आमरण अनसन बस्नु सराहनिय काम रहेको स्थानिय बिनोद गिरीले बताउनुभयो ।
यसैबिच संविधानसभा सदस्य डा. शोभाकर पराजुलीले आमरण अनसन स्थल संन्तगंज पुगी ऐक्वद्धता प्रकट गर्दै यादवको जीवन रक्षाको सरकारसंग माग गरेका छन् ।
चाडो भन्दा चाडो यादवको जायज मागलाई सम्बोधन नगरिए त्यसबाट श्रृजित समस्याको सबै जिम्मा सरकारकोनै हुने कुरामा संविधानसभा सदस्य पराजुलीले जोड दिनुभयो ।
नाका खोलाउनका लागि आफनो ज्यानै जाने काम नागरिकले गर्नु कति बिडम्बना हो पराजुलीले भने । सबै राजनितिक दल र जनप्रतिनिधी र जनताको ध्यान जायोस भनी आग्रह समेत गर्नुभयो ।
आमरण अनसनमा ऐक्वद्धता जनाउदै बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले यादवको जीवन रक्षाका लागि स्थानिय प्रशासन, जननिर्वाचित प्रतिनिधीहरुको ध्यान जान जरुरी रहेको कुरामा जोड दिनुभयो ।
प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्धीले यादवले थालेका आमरण अनसनको बिषयमा आफु सम्बेदनशिल रहेको बताउदै पहल गर्ने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालसंग बुझदा स्थानिय स्तरमा रहेको समस्याहरुलाई समाधान गर्नका लागि एवम बिरामी, बिहेबारीका लागि गाडीहरु जान दिनका निमित पनि सिमामा खटेका शस्शत्र प्रहरीलाई निर्देशन दिई सकेको बताउदै पुर्णरुपमा नाका खुलाउनका लागि आफनो स्तरबाट हुने काम अगाडी बढाएको बताउनु भयो ।
अनसनमा नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, पत्रकार महासंघका जिल्ला कार्य समिति सदस्य पनालाल दास, मदन सिह, हरिलाल दास लगायतले ऐक्वद्धता ब्यतm गर्नुभएको थियो ।