पत्रकार महासंघको जिल्ला अध्यक्षमा प्रेस युनियनको तर्फबाट रेशम तिवारीको घोषणा

तराइ संचार
तराइ संचार 739 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाल पत्रकार महासंघ बारा शाखाको अध्यक्ष पदमा नेपाल प्रेस युनियनका तर्फबाट सर्वसम्मत एकल उम्मेदवारी पर्ने भएको छ ।

नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बाराले निर्वाचन शुरु नहुँदै प्रेस युनियनका तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारीमा एकल उम्मेदवारी रहने र बाँकी पदहरुमा अन्य पक्षहरुसँग सहमति र सहकार्य पछि निर्धारण गर्ने भन्दै अध्यक्ष पदका लागि रेशम तिवारीलाई चयन गरेको छ ।

यो सँगै पत्रकार महासंघको निर्वाचनको तयारी अघिबढेको छ ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्याम बाबु प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै कार्य समिति बैठकले अध्यक्ष पदमा रेशम तिवारीलाई उम्मेदवारी बनाउने निर्णय गरेको जनाएका छन् ।

तिवारी बिगत १७ बर्ष देखि निरन्तर व्यवसायिक पत्रकारितामा आफ्ना कलमहरु चलाउँदै आउनु भएको छ ।

नेपाल टेलिभिजनमा आबद्ध भई अहिलेसम्म निरन्तर काम गर्दै आउनु भएका तिवारी उद्योग वाणिज्य संघ सिमराका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

शेयर
प्रतिक्रिया
Skip to content