सिमरा । बाराको सिमरामा एक दशक अघिदेखि संचालन भइरहेको सिमरा गोल्डकप चैत्रको अन्तिमदेखि शुरु हुने भएको छ ।
यो वर्ष पुरस्कारको राशी बृद्धि गर्ने विषयमा पनि छलफल अघि बढेको क्लबले जनाएको छ ।
केहि दिनमा क्लबले औपचारिक कार्यक्रममार्फत प्रतियोगिता आयोजनाको मिति, पुरस्कार राशी र सहभागी टोलीको जानकारी दिइने अध्यक्ष रामचन्द्र लामाले बताए ।
यसैबिच क्लब र उपमहानगरपालिकाबीच बार्षिक २० लाख रुपैयाँ प्रतियोगिताका लागि सहयोग गर्ने सहमति भएको आयोजक नव जनजागृति युवा क्लब सिमराका महासचिव शम्भु ठकुरीले बताए ।
२०६६ बाट सुरु भएको प्रतियोगिताको एघारौं संस्करण चैतको अन्तिम सातादेखि गर्ने तयारी क्लबले गरेको छ । कोभिड १९ का गत वर्ष चैतका लागि तय गरिएको प्रतियोगिता स्थगित भएको थियो ।