सिमरा । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि बाराको सिमरा लगायत मुख्यमुख्य शहरहरुमा सर्बोच्च अदालतको कदमको स्वागत गर्दै मौनबत्ती बालेर दिप प्रज्वलन भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरी प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि सिमरामा दिप प्रज्वलन भएको हो ।
दिप प्रज्वलन गरी भएको कोणसभामा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेपाली काग्रेसका नेता हरी थपलिया र नेकपाका नेता मनोज पौडेलले सर्बोच्चको निर्णयको स्वागत गर्दै मन्तब्य ब्यप्त गरेका छन् ।
सर्वोच्चको मंगलबार बसेको संवैधानिक इजलासले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको हो ।
संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए ।
प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका थिए ।
फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ ।