निजगढ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले सहि सुचना पाउनु नागरिकको अधिकार भएको बताउनु भएको छ ।
पारदर्शी ढंगले गर्ने क्रियाकलाप र सुचनाको हकका कारण भ्रष्टाचार लगायत अनियमितता न्यूनीकरण हुँदै गएको समेत बताउनु भएको छ ।
राष्ट्रिय सुचना आयोगले सोमबार निजगढमा आयोजना गरेको सुचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर खनालले यस्तो बताउनु भएको हो ।
सुशाशन सहितको बिकास अहिलेको आवश्यकता भएको बताउदै मेयर खनालले सुचना प्रवाह गर्न निजगढ नगरपालिकाले कुनै वाधा अवरोध नरहेको समेत बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय सुचना आयोगकि सुचना आयुक्त कमला ओली थापा र राष्ट्रिय सुचना आयोगका उपसचिव कपिल प्रसाद उपाध्यायले सुचनाको हक सम्बन्धमा रहेका कानुनी प्रावधान र अधिकारको विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएकोथियो ।
कार्यक्रममा सहभागीहरुले आवश्यक सुचना सम्बन्धित निकायबाट नपाईने गरेको गुनासो गरेका थिए । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की, निजगढ नगरपालिकाका सुचना अधिकारी रविन घिमिरे, वडा अध्यक्ष, कार्यपालिका सदस्य, संचारकमी लगायतको सहभागिता रहेको थियो ।