सिमरा । हरेक वर्ष फागुनमा पर्ने महा शिवरात्री पर्व (तेरस शिवरात्र) पुजा गर्नेहरुको बाराको विभिन्न स्थानमा यज्ञ सम्पन्न भई जलका लागि यसबर्ष देवघाट प्रस्थान गरेका छन् ।
हरेक महाशिवरात्रीमा झै यस वर्षपनि बारा जिल्लाको शिव भक्तहरुले फागुन महिना शुरु भएदेखिनै ठाउँ ठाउँमा यज्ञ गर्दै अन्तिम कलैया निवासी यदुनन्दन चौधरीको आयोजनामा यज्ञ सम्पन्न भई जलका लागि प्रस्थान गरेका छन् ।
यस्तो एउटा यज्ञ गर्न करिब ५ लाख भन्दा बढी खर्च हुने र यज्ञकर्ताले सो खर्च ब्यहोर्ने सरकार प्रमुख कलैया १४ का बैजनाथ रायले बताए ।
करिव १७३ गाउँका झण्डै पाँच हजार शिवभक्तहरुका सरकार प्रमुख बनेका राय परम्परादेखि चल्दै आएको शिवको आरधाना परम्परा अनुसारनै हुदै आएको र पुस्तैदेखि सर्दै आएर अहिले सरकार प्रमुख बनेको अमलदार कपिलदेब प्रसाद सहनीले बताउनु भयो ।
सरकार प्रमुखले राजा जस्तै सबैलाई माईक मार्फत निर्देशन दिदै कावरियाहरुलाई निष्टा पुर्वक रितिरिवाज सिकाउने गरेको उहाँले बताउनु भयो ।
हजारी कफला बारा जिल्लाले मात्र सात स्थानमा यज्ञ सम्पन्न गरी जल भर्न प्रस्थान गरेको बताउदै सहनीले यस अघि बाग्मती, त्रिवेणी र भारतका विभिन्न स्थानमा जल भर्न जाने गरेपनि यस बर्ष चितवनको देवघाट जल भर्न हिडेको उहाँले बताउनु भयो ।
जल भरेर बाराको चारकोसे झाडी स्थित रहेको सहजनाथ महादेब मन्दिरमा शिवरात्रीमा दिन जल चढाई पुजाआजा गर्ने गरिएको सरकार प्रमुख रायले बताउनु भयो ।
भारतको बाबाधाम दर्शन गर्न जाने नेपालका दर्शनार्थीहरुको रहरलाई सहजनाथ महादेबको मन्दिरले पुर्ण गर्ने गरेको छ ।
र्पुवपश्चिम महेन्द्र राजमार्गबाट ३ किलोमिटर दक्षिण तर्फ अवस्थित यस मन्दिरमा नेपालका मात्र नभई भारतबाट समेत भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् ।
विशेष गरी साउन र फागुन महिना भरी ठुलो मेला लाग्ने यस मन्दिरमा तीर्थ यात्रीहरु उपवास बसी बाग्मती, पशुपती, कोशी, गया र अन्य तालतलाउ एवँ जलासयहरुबाट बोकेर ल्याएको जल विर्सजन गर्ने गर्दछन् ।
यसरी टाढाबाट बोकेर ल्याएको जल यस मन्दिरमा चढाउनाले इच्छा अनुसारको फल प्राप्त हुने तिर्थ यात्री सरकार प्रमुख रायको भनाई छ ।
उनी हरेक वर्ष जल लिएर यस मन्दिरमा चढाउन आउने गरेको वताउँछन् ।
यसैगरी सहजनाथ महादेबको मन्दिरमा पुजा आजा गर्नाले मनका सवै कामनाहरु पुरा हुने, सन्तान नहुनेलाई सन्तान प्राप्ति, प्रेमीप्रेमीकाका साथ कहिल्यै नछुट्ने विश्वास रही आएको छ ।
यस मन्दिरमा गाई वस्तु हुनेले दुध चढाउने, अन्न वाली राम्ररी सप्रियोस् भन्ने उदेश्यले अन्नवाली भित्राएपछि सवैभन्दा पहिले यस मन्दिरमा चढाउने समेत प्रचलन रहेको छ ।
पौराणिक कथन अनुसार राक्षसहरुले महादेब भगवानलाई लखटेपछि लुक्नै ठाउँ कतै नपाएर यस चारकोसे झाडीमा तामाको खड्कुलो बनी लुक्नु परेकाले सहजनाथ मन्दिर नजिक रहेको भैरवनाथ मन्दिरमा जल चढाउन जाँदा दौडदै जानुपर्ने धार्मिक मान्यता समेत रहेको छ ।
गाई चर्न आएको वेला हाल मन्दिर भएको स्थलमा दुध चुहिने गरेको र शिव भगवान सजिलै लुक्न सक्नु भएकाले यस मन्दिरमा गाईको दुध चढाउने चलन रहेको छ ।
जँगली बाबाको नामले समेत परिचित जँगलको विचमा सुन्दर प्राकृतिक सौन्दर्य झल्कने यस मन्दिरको र्पुवपट्ट िरहेको ठुलो जलासयमा फुलेका कमलका फुलहरुले झक्तजनहरुको मनलाई आकषिर्त गर्ने गरेको छ ।
यस जलासयमा तीनपटक सम्म टाउको डुबाएर नुहाए सवै पाप नष्ट हुने जनविश्वास रहेको छ ।
यस मन्दिरमा विवाह, व्रतवन्ध जस्ता धार्मीक कार्यहरु पनि गरिन्छ ।
यसै मन्दिरका नामबाट त्यस क्षेत्रमा पर्ने सहजनाथ सामुदायिक वनको नामाँकरण गरिएको र प्राकृतिक, धार्मीक एवँ साँस्कृतिक दृष्टिकोणले काँडघाट गाउँको विकासका लागि पनि सहजनाथ महादेवको मन्दिर अत्यन्त महत्वर्पुण रहेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।