सिमरा । बाराको पथलैयामा रहेको प्रदेशकै नियन्त्रण गर्ने ट्राफिक प्रहरी प्रमुख भएपनि जीतपुरसिमराको अब्यवस्थित सवारी पार्किङ नियन्त्रण हुन सकेको छैन । त्यसो त उद्योग क्षेत्र र राजमार्गमा ओभरलोड र ट्राफिक नियम बिपरित हुने कार्यमा परिवर्तन हुन सकेको छैन । प्रदेश ट्राफिक प्रमुख परिवर्तन हुने बित्तिकै केही दिन र हप्ता कडाई हुने गरेपनि फेरी पुरानै शैलीमा बर्षै देखि हुदै आएको छ ।
त्यसको कारण हो मिलोमतो । राजमार्गमा नियमित चल्ने नियमविपरितका सवारीको सेडिङ मिलेपछि कार्वाही नहुने गरेको एक ब्यबसायीले बताए ।
फेरी पनि त्यही पुरानै शैली नयाँ प्रमुख आए लगत्तै ट्राफिक नियम विपरितका कार्य गर्नेलाई कार्वाही शुरु गरेको एक हप्ता बित्न नपाउदै फेरी पुरानै शैलीमा शुरु भएको छ ।
बाराको पथलैयामा रहेको प्रदेश ट्राफिक प्रमुखमा हिमालय श्रेष्ठ आए लगत्तै गरेको निर्णय एक हप्ता टिकाउन नसकेर पुरानै शैलीमा मिलोमतोमा ट्«याक्टर ट्रक लगायतमा पराल भुसा ढाला भन्दा माथी र बाहिर बोक्न थालेका छन् भने क्षमता भन्दा बढी सामान बोक्ने सवारी साधनलाई समेत यत्तिकै छाड्न थालिएको छ ।
खुल्लारुपमा राजमार्गमा लिएर हिड्ने पराल र भुसको धुलोले अन्य सवारी र पैदल यात्रीलाई समस्या बनाउदै आएपनि नयाँ प्रमुख आएपछि कडाई गरी त्यस्ता सवारीलाई घरमै फिर्ता पठाउने र कार्वाही गर्ने गरिएको थियो ।
राम्रो कार्य शुरु गरेर मिलोमतोमा एकहप्तामै परिवर्तन हुनले ट्राफिक प्रहरीमाथी शंका उत्पन्न भएको छ ।
यस्ता नियम विपरित सवारी र क्षमता भन्दा अत्याधिक बढी सामान बोक्ने गाडीहरूबाट ट्राफिक प्रहरीले मोटो रकम लिने गरेको आरोप स्थानीयले लगाएका छन ।
भन्सारबाट आउने ट्रक, ट्रिपरले बढीमा १८ टनसम्म बोक्ने भनिए पनि २२ टनसम्म सामान ल्याउने गरेको भएपनि ट्राफिक प्रहरी मौन बस्दै आएको छ ।
त्यसो त ट्राफिक प्रहरीको अगाडिनै सिमरा पथलैयामा अब्यवस्थित सवारी पार्किङ्ग भईरहेपनि ट्राफिक प्रहरी मौन बस्दै आएको छ ।