मानव बेचबिखन बिरुद्धका १४ वर्षदेखि फरार अभियुक्त पक्राउ

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको करैया वडा नं. ८ निवासी मानव बेचबिखन बिरुद्धका १४ वर्षदेखि फरार अभियुक्त जगदिश दासलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.८ घरबाटै बिहान पक्राउ परेका दासलाई मानव बेचबिखन तथा ओसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताउनु भएको छ ।

२०६३ मंसिर २१ गते साँझ ७ः०० बजे जिल्ला बारा साविक गा.वि.स.करैया वडा नं.८ स्थित करैया पुलमा काठमाण्डौंबाट आएको बा २ ख ६४१नं.को दिवा यात्रुबाहक बसलाई बन्धक बनाई खोटाङ्ग दिक्तेल वडा नं.२ घर भई जिल्ला भक्तपुर मध्युपुरठिमि नगरपालिका वडा नं.१५ मा बस्ने तारा कुमार खत्रीलाई अपहरण गरी नगद, मोबाइल र घडी समेत खोसेका थिए ।

फिरौती रकम नपाए भारतमा लगी बेच्ने योजना अनुरुप आँखामा पट्टी बाँधी अपहरण गरी लगेको भएपनि अपहरणकारीको आँखा छली भाग्न सफल भएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content