प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको सञ्चारकर्मीहरूसंगको परिचयात्मक तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

तराइ संचार
तराइ संचार 660 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा – बारामा प्रमुख जिल्ला अधिकारी भएर आएका सुरेन्द्र पौडेलले कार्यभार सभालेपछि बाराका सञ्चारकर्मीहरूसंगको परिचयात्मक तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेका छन् । सर्लाहीबाट बारा आएका प्रमुख जिल्ला अधिकारी पौडेलले यो गर्छु, त्यो गर्छु भन्दा आफनो प्राथमिकतामा कानुनले निदृष्ट गरेका काम पहिलो प्राथमिकतामा रहने बताउनु भएको छ ।

पत्रकारहरुले उढाएका जिज्ञासा सम्बोधन गर्दै प्रजिअ पौडेलले जिल्लामा देखिएका समस्याहरूलाई कानुन बमोजिमको कार्य गर्ने बताउनु भएको हो ।

कार्यक्रममा पसाह, दुधौरा, बालगंगा लगायतका खोलाहरूमा गरिएको दोहन, क्रसर माफिया, शिक्षा, स्वास्थ्य, तस्करी नियन्त्रण, वन माफिया, भ्रष्टाचार, सुशासन लगायतको जिज्ञासामा प्रजिअ पौडेलले आफनो काम गराईले तपाईंहरू पक्कै सन्तुष्ट बन्नु हुनेछ विश्वास लिएको पौडेलले बताउनु भयो ।

परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सचिव गुरूप्रसाद गौतम, प्रदेश सदस्य सिकेन्द्र पासवान, पत्रकार महासंघ बाराका सचिब गणेश रिजाल , कोषध्यक्ष मुकेश यादब , पूर्व उपाध्यक्ष राकेश पाण्डेय, पूर्व सचिव जयनारायण यादव, रेशम तिवारी, बसन्त खतिवडा लगायतले जिल्लाको ताजा अवस्थाको बारेमा जानकारी गराएका थिए । पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बारा आफै सेवा दिन नसकेकोले सुधारको अपेक्षा गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content