सिकेन्द्र पासवान
कलैया । नेपाली काँग्रेसका पुर्व केन्द्रिय उपसभापति एवम पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले २०४६ साल पछि काग्रेस संस्थागत हुन नसकेको आरोप लगाउनु भएको छ ।
वडा, टोल देखि केन्द्र सम्मका समितिहरु बर्षैदेखि प्रजातान्त्रिक ढगले निर्वाचन नहुदा काग्रेस कमजोर हुदै गएको उहाँले बताउनु भयो । पार्टीलाई केन्द्रमा राखेर कसैले पनि काम गर्न नसकेको हुदा काग्रेस यसरीनै सस्थागत नहुने हो भने कार्यकर्ता र जनताले साथ छाडदै जाने भएकाले सबै समितिमा विधिवत हुनुपर्ने उहाँले बताउनु भयो ।
सिमरा बिमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले काँग्रेसलाई सरकारमा जान हतार नगरी बिद्यमान संकटलाई निकास दिनतिर लाग्नु पर्ने बताउनु भयो ।
अहिले नेपाली काँग्रेस सरकारमा जानु भन्दा प्रतिपक्षको भुमिका खेली देशलाई सहि दिशामा ल्याउनु पर्ने कुरामा जोड दिनुभएको छ ।
अहिले नेकपा औपचारिकरुपमा फुटी नसेको अवस्थामा उनीहरुलाई नै सरकार संचालन गर्न जिम्मा दिनुपर्ने बताउदै लोकतन्त्रको रक्षा, संविधानको रक्षा गर्ने देखि देशमा देखिएका बेतिथीहरुलाई हटाउन र सही टे«कमा मुलुकलाई ल्याउनका लागि काँग्रेसको भुमिका निकै महत्पुर्ण हुने नेता सिहले गर्नु भयो ।
पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकताको पार्टी निर्माण गर्नका लागि सबैको पहल हुनु पर्नेमा जोड दिनुभयो ।
संविधानले तोकेको समयसिमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जिवन्त राख्न सबैको साझा दायित्व रहेको समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा संविधान सभाका सदस्यहरु डा. शोभाकर पराजुली, राजेन्द्र बहादुर आमात्य, लालबाबु सिह, रामअयोध्या प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।
नेता सिंह पतरौता नगरपालिका वडा नम्बर ९ कुडवा निवासी स्व रामनारयण यादवको श्रद्धाञ्जली सभामा भाग लिनका लागि बारा आउनु भएको हो ।