सिमरा । ८५औ महाशिवरात्री महोत्सव ज्ञान महायज्ञको विशेष अबसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय बिरगन्जले बाराको पिलुवामा तीन जिल्लाका पत्रकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
बाराको जीतपुरसिमरा–१६ स्थित रहेको पिलुवामा रहेको शान्ती वाटिकामा आयोजित कार्यक्रममा बारा, पर्सा र रौतहटका सञ्चारकर्मीहरुलाई सम्मान गरिएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालयका क्षेत्रिय संचालिका रबिना मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का उद्योग, वाणिज्य वन तथा पर्यटन मन्त्री राम नरेश रायले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मन्त्री रायले शान्ती बाटिकाको जज्गा कानुनीरुपमा हस्तान्तरण गर्ने बाटो खोल्न स्थानीयस्तरबाट पहल गरे आफनो तर्फबाट कानुन अनुसार सक्दो सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा मन्त्री रायले शान्ति बाटिकामा निर्माण गर्न लागिएको पोखरीको शिलन्यास समेत गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभासद् ज्वाला साह, सबिधान सभाका सभासद शोभाकर पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सचिब गुरुप्रसाद गौतम लगायतले यज्ञको शुभकामना ब्यप्त गर्दै सफलताको शुभकामना समेत ब्यप्त गरेका थिए ।
कार्यक्रममा डिभिजनल कार्यालय बाराका मन्जुर आलम, वन निगमका सुमन स्थानीय राजनैतिक दलका नेता कार्यकर्ता पत्रकारहरुको उपस्थिती रहेको थियो ।