बारा । चुरे तलका प्रदेश २ का क्षेत्रमा पानीको अभाव भईरहदा प्रदेश सरकारले हेटौडामा रहेको राप्ती खोलाको पानी बारा जिल्लामा झार्न शनिबार प्रदेश सरकारले सम्भाव्यता अध्ययन शुरु गरेको छ ।
प्रदेश दुई सरकारको नीति तथा कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौडा राप्तीबाट बारा जिल्लाको दुधौरा खोलामा डाईभर्सन परियोजना निर्माण गर्न प्रदेश सरकारले उक्त महत्वाकाक्षी परियोजना शुरु गरेको हो ।
निरिक्षण कार्यक्रममा प्रदेश दुईका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सोही मन्त्रालयका सचिव रामाधार साह, प्रदेश दुई अन्तर्गत बाराका जनप्रतिनिधि र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका शाखा अधिकृत ध्रुव प्रसाद फुयाल समेत सहभागी टोलीले आयोजनाको सम्भाव्यता अध्ययनका लागि स्थलगत निरिक्षण गरेका हुन् ।
बागमती प्रदेशको हेटौडामा रहेको राप्तीको पानीलाई चुरे पहाडहुँदै बाराको दुधौरा खोलामा डाईभर्सन गर्न सम्भव देखिए बागमति प्रदेश, संघीय सरकार र लगानीकर्ताहरुसँग बृहत छलफल पछि प्रस्ताव अघि बढाउने निष्कर्षमा पुगेको प्रदेश दुईका भौतिक पुर्वाधार विकास मन्त्री सोनलले बताए ।
प्रदेश २ अन्र्तगतका तराईका उर्वरभूमीमा पानीको चुनौतिपुर्ण अवस्थामा रहेको समयमा खानेपानी तथा सिंचाईका लागि महत्वपुर्ण हुने सोनलले बताए ।