शसस्त्र प्रहरीले स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

तराइ संचार
तराइ संचार 741 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जीतपुरसिमरा १६ पिलुवाका स्थानीयहरुलाई शसस्त्र प्रहरीले स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ ।

शसस्त्र प्रहरी नं.४० रिजर्भ गण हेडक्वाटर पिलुवा, बारा र एभरग्रीन तराई सिमरा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा २५० भन्दा बढीले सेवा लिएको शसस्त्र प्रहरी गण पिलुवाका प्रहरी उपरिक्षक मनोज थापाले बताउनु भयो ।

शिविरमा हाडजोर्नी , फिजिसियन, प्रसुती , दाँत , लगायतका सेवाहरु प्रदान गरिएको स्थानीय पत्रकार हरिदेब खरेलले बताए ।

शिविरमा अस्पतालका डा. रबिन्द्र सिंह, नविन कु. सिह, प्रशान्त ठाकुर , खुश्वु अग्रवाल , विबेकराज गौतम , श्वेता चौधरी , रन्जन झा , दयानन्द आर्या , चन्दन यादब लगायतकाले स्वास्थ्य सुविधा प्रदान गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content