पर्सा निकुञ्जको बाघको घाँटीमा स्याटेलाइट जीपीएस कलर जोडेर निगरानी शुरु

तराइ संचार
तराइ संचार 832 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा र पर्सा र मकवानपुरमा फैलिएर रहेको पर्सा निकुञ्जले उपकरणमार्फत बाघका गतिविधि निगरानी शुरु गरेको छ ।

बाघको घाँटीमा “स्याटेलाइट जीपीएस कलर‘‘ जोडेर बाघको ओहोरदोहोर गतिविधि आउजाउको समय, विचरण क्षेत्र र आनीबानी लगायतको अनुगमन सुरु गरिएको हो ।

पहिलो चरणमा पर्सा निकुञ्जको एउटा भाले बाघको घाँटीमा स्याटेलाइट जीपीएस कलर जोडेर निगरानी शुरु गरिएको निकुन्जले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा निकुञ्ज विभागले जीपीएस कलर जडान गरेको पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताउनु भयो ।

बाघ निकुञ्जभित्रकै विभिन्न भागमा ओहोरदोहोर गरिरहेको र कार्यालयबाट कहाँ गईरहेको छ ।

के गर्दै छ सबै जानकारी कार्यालयबाट हेर्न सकिने बताउनु भयो ।

बाघ हाल केही दिनदेखि पसाहा खोला क्षेत्रमा घुमफिर गरिरहेको र आहारका रूपमा बँदेल मारेर खाएको देखिएको छ ।

यो जिपिएस जडानले उसले हिँड्ने बाटो, हिँडडुल गर्ने समय, आनीबानी, आहारलगायतका सबै गतिविधि निगरानी गर्न सकिन्छ । स्याटेलाइटले दुई वर्षसम्म काम गर्न सक्छ ।

शेयर
प्रतिक्रिया
Skip to content