बिदुर खडका
बारा । बाराको सिमरामा रहेको साना किसान कृषि सहकारी संस्था सिमराले अन्त्रराष्ट्रिय नारी दिवसको अवसरमा रक्तदान कार्यक्रम संम्पन्न गरेको छ ।
१११ औ नारी दिवसको अवसरमा सिमराको वडा नं. २ कार्यलयमा बिरगंञ्ज रक्तसंञ्चारको प्रबिधिक टोलीद्धारा रक्त संकलन गरेको हो ।
रक्त संञ्चार केन्द्र बिरगंञ्जको पाँच जनाको प्रबिधिक टोली सहभागी रहेको रंक्त संञ्चार केन्द्रका टोली प्रमुख जितेन्द्र कुसहवाले बताए ।
रक्तदान कार्यक्रममा नेकपाका प्रदेस सचेतक सुन्दर बिश्र्वकर्मा, सभासद सिता गुरुङ, केन्द्रिय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, कृष्ण खनाल लगायतको उपस्थित रहेको थियो ।
सिमरा कृषि सहकारीले आफना सदस्यहरुका लागि रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरेको संस्थाका अध्यक्ष कमला अधिकारीले बताउनु भयो ।