तेक्वान्दो प्रदेश कार्यसमिति पुनर्गठन, निजगढमा कार्यालय स्थापना

तराइ संचार
तराइ संचार 791 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ बाराको पुनर्गठन भएको छ । आज सम्पन्न बैठकले उपाध्यक्षमा सर्लाहीका लक्ष्मण भण्डारी, महासचिवमा राजकुमार लामा, सचिवमा रत्नेश्वर यादव, कोषाध्यक्षमा नारायण शर्मालाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा मुक्तिप्रसाद यादव, मिना लामा, रविन्द्र प्रसाद यादव, दीपक तिवारी, रामबाबु यादव, धनबहादुर लामिछाने, सुकदेव साह, यान कुमारी चौलागाई, कमलेश मण्डल र नेत्र श्रेष्ठलाई चयन गरेको अध्यक्ष पेमासिद्धि लामाले बताउनु भयो ।

बैठकले प्रदेश तेक्वान्दो कार्य समितिको कार्यालय निजगढस्थित कभर्ड हलमा स्थापना गर्ने र कार्यालय उद्घाटनको सम्पूर्ण तयारी गर्न अध्यक्ष लामालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले आउने केही समयमै अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिताको तयारीलाई तिव्र बनाउने गरी काम समेत भईरहेको अध्यक्ष लामाले बताउनु भयो ।

त्यस्तै बैठकले आगामी दिनमा प्रदेश कार्य समितिको आफ्नै भवनका लागि स्थानीय नगरपालिकास“ग जग्गा माग गर्ने र प्रदेश र स्थानीय सरकारको सहयोगमा भवन निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, जिल्ला अध्यक्ष चित्र बहादुर लामा लगायतका खेलकर्मीहरुको विशेष उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content