बारा – जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० फुलबारीको छेउमा छाईंमा कुहिएको अवस्थामा शुक्रबार विहान बालकको शव फेला परेको हो । स्थानीय महिलाले शवलाई देखेर गाउँलेहरुलाई जानकारी गराएपछि शव फेला परेको हो ।
घटनाको बारेमा थप अनुसन्धानको लागि तालिम प्राप्त कुकुर मंगाईएको र शवको सनाखत हुन नसकेको, शव गलिसकेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपक्षिक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
बालकले लगाएको कपडा र चप्पलको आधारमा फागुन ११ गतेदेखि हराइ रहेका जीतपुरसिमरा उपमहानगरपालिका–२३ निवासी १४ वर्षीय सहिद हुसेन अंसारीको शव हुन सक्ने प्रहरीले अनुमान गरेपनि पहिचान भने हुन सकेको छैन ।
अंसारी फागुन ११ गते देखि हराएको प्रहरीमा निवेदन परेपछि खोज तलास गरेपनि बालक फेला पर्न सकेको छैन ।