बारा – नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा भोली आईतबार बाराको पचरौतामा आउनु हुने भएको छ ।
नगरपालिकामा हुन लागेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितालाई सम्बोृधन गर्न देउवा बारा आउन लाग्नु भएको हो ।
नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा चैत १ र २ गते गर्न लागेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको प्रमुख अतिथि बनेर आउन लागेका देउवा भावी प्रधानमन्त्रीका रुपमा समेत चर्चामा छन् ।
प्रतियोगितामा नेपाल र भारतको विभिन्न ठांउबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्ती पहलवानको सहभागिता रहेको नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रिय सदस्य एवम कार्यक्रम संयोजक मणिभुषण यादवले बताउनु भयो ।
एक सय ५० भन्दा बढी पुरुष र महिला पहलवानहरुको सहभागिता रहेको सो प्रतियोगिताले यस क्षेत्रको कुस्ती खेलाडीहरुका लागि राम्रो अबसर भएको संयोजक यादवले बताउनु भयो ।