सिमरा । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रम बाराको कलैयामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देवी कानुले निष्पक्ष भएर गरिएको पत्रकारिताले समाज परिवर्तन गर्न सकिने बताउनु भएको छ । प्रमुख अतिथि कानुले पत्रकार सबै जातजातिको भएकोले पिछिडिएको समाजको सही दिशा निर्देशमा पत्रकार जगतको भुमिका ठूलो रहने बताउनु भयो ।
सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेध न २ को बिधायक एव जनता आवास कार्यक्रम रौतहटको संयोजक बाबुलाल साह कानुले पिछडिएका कानु जातिको उत्थानमा कानु पत्रकार संघ र सबै पत्रकारले कलम चलाउन आवश्यक भएको बताउनु भयो ।
कानु पत्रकार संघ बाराको गठन भएकोमा खुशी भएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
दहेज प्रथा अन्तको लागि छोरीलाई उच्च शिक्षा दिनु पर्नेमा जोड दिंदै पत्रकारिता क्षेत्रले समाज बिकासमा कलम चलाउनु पर्ने बाराका प्रमुख जिला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
कानु पत्रकार संघ बाराका अध्यक्ष अजय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न २ को सचिव गुरुप्रसाद गौतम, डा. अशोक गुप्ता, वरिष्ठ पत्रकार गोकुल घोरसाईने , पुर्व उपाध्यक्ष राकेश पान्डे, रेशम तिवारी , कानु समाज बाराका अध्यक्ष ओमप्रकाश साह कानु, उपाध्यक्ष हरिनारायण साह, रबिन्द्र साह, भूषण गुप्ता, नागरिक समाज बाराको अध्यक्ष उमेशलाल दास ,उधोग बाणिज्य संघ बाराको महासचिव राम असिस साह कानु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा कानु पत्रकार संघ बारामा आवद्ध सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथी तारा देबि कानुले सपथ ग्रहण गराउनु भएको थियो ।
त्यसैगरी कानु पत्रकार संघ बाराको अध्यक्ष अजय साहले प्रमुख अतिथि तारा देबि कानुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रममा बारा, पर्सा, रौतहटका सञ्चारकर्मी र कानु समाजका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन कानु पत्रकार संघ बाराको उपाध्यक्ष नरेश गुप्ता स्वागत मन्तव्य संघको सचिव श्रीकान्त गुप्ताले गर्नु भएको थियो ।