सिमरा . सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल , ललितपुरको प्राविधिक सहयोगमा दुई दिने स्वास्थ्य परिक्षण शिविर, स्तन तथा पाठेघरको अबस्था परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश सभा सदस्य सीता गुरुङले महिलाहरुको पाठेघर समस्या समाधानका लागि यो कार्यक्रम उपलब्धी मुलक रहेको बताउनु भयो ।
प्रमुख अतिथि समेत रहेकी गुरुङले महिलाहरुले कुनै पनि रोग लुकाएर राख्न नहुने कुरामा जोड दिनु भयो ।
बिशिस्ट आथिति प्रदेश सभा सदस्य शोभा लामाले महिलाहरुको बिकास र अगुवाई हुनु पर्ने कुरामा जोड दिनु भयो ।
महिलाहरुले समयमै आफनो रोग उपचार गर्ने भन्दा विभिन्न समस्या देखाएर पाल्ने गरेका कारण ठुलो जोखिम मोल्नु पर्ने बताउनु भयो । शिबिरमा पहिलो दिन ३०२ जना महिलाहरुले आफ्नो पाठेघरको स्वास्थ्य परिक्षण गराउनु भएको थियो ।
आईतबार समेत स्वास्थ्य परिक्षण कार्यक्रम रहेकाले महिलाहरुले लाभ लिन सक्ने बताईएको छ ।
विशेषज्ञ डा.सौजन्य कर्मचार्यद्धारा स्वास्थ्य परिक्षण कार्य सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।