सिकेन्द्र पासवान
बारा १ चैत्र
नेपाली काँग्रेसका पार्टी सभापती एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको निकासका लागि नेपाली काँग्रेसको काधमा जिम्मेवारी आएको बताउनु भएको छ ।
देउवाले देश संकटमा परेको समयमा सरकारको नेतृत्व गर्ने अवसर आए आफु पछाडि नहट्ने तर कांग्रेस पदको लोभी नभएको बताए ।
‘देशमा जहिले संकट आएको छ, तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिएको इतिहास रहेको बताउदै ‘अहिले पनि देश राजनीति संकटले अप्ठ्यारोमा परेकाले निकास दिन सरकारको जिम्मेवारी लिन म तयार छु सभापती देउवाले बताए ।’
लोकतन्त्र जिवन्त रहे लोकतान्त्रिक पार्टीहरुको भविष्य रहने बताउदै सभापति देउवाले केही शतिmहरुले संविधानलाई उपेक्षा गर्दै मुलुकमा अधिनायकवाद लाध्न खोजी रहेकोले संविधानको रक्षाका लागि काँग्रेस पुर्णरुपमा प्रतिवद्ध रहेको बताउनु भयो ।
बारा निर्वाचन क्षेत्र नम्बर १ बेलदारीमा आयोजित स्व खुमबहादुर खड्काको स्मृतिमा आयोजित अन्तराष्ट्रिय कुस्ती प्रतियोगितालाई आईतवार उदघाटन गर्दै सभापति देउवाले सो कुरा बताउनु भएको हो ।
मुलुक अहिले गम्भिर मोडमा रहेको बताउदै सभापती देउवाले नेपाली जनताको चाहनालाई साकार पार्न सहमति, सहकार्य र एकताको माध्यमबाट प्रजातन्त्रमा बिश्वास गर्ने लोकतान्त्रिक शतिmहरुलाई मिलाई अगाडी बढनेमा काँग्रेस तयार रहेको बताउनु भयो ।
देशलाई अहिले काँग्रेसको खाँचो रहेको बताउदै नेपाली जनताको विश्वास र भरोसा काँग्रेस पार्टीले दिनुपर्ने बेला आएको उहाँले बताउनु भयो ।
बिकास, समृद्धि संगसंगै बिधीको शासन कायम गरि भष्टाचारमुतm समाज निर्माण गर्नु नै मुलुकका लागि हितकर हुनेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस पार्टी पदको लोभी नभएको चर्चा गर्दै देउवाले देशमा देखिएको अन्यौतालाई चिर्न काँग्रेसको आवश्यकता महसुुस भएको खण्डमा नेपाली काँग्रेसले जस्तो सुकै मोर्चा समाल्न तयार रहेको प्रष्ट पार्नुभयो ।
आफुले दावी नगर्ने तर काँग्रेसलाई प्रधानमन्त्री बनाउन पार्टीहरु सहमति भए देश र जनताका लागि सो पद लिन काग्रेस अस्वीकार नगर्ने उहाँले बताउनु भयो ।
खेलकुद बिभागका केन्दिय सदस्य मणिभुषन यादवको अध्यक्षतामा सम्पन्न सो उदघाटन कार्यक्रममा पुर्व मन्त्रीहरु मोहन बस्नेत, फरमुल्ला मंसुर, उमाकान्त चौधरी, नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु बृजलाल यादव, राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया लगायतकाले मन्तब्य ब्यत गर्नुभएको थियो ।
कार्यक्रमको संचालन पत्रकार निलिमा पौडेलले गर्नु भएको थियो ।
अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिता चैत्र २ गते सम्म चल्ने बताईएको छ ।
सभापती देउवा बाराको प्रशिद्ध गढिमाई मन्दिरको निरिक्षण एवम पुजापाठ गरी हेलिकप्टरबाट आजै काठमाण्डौ प्रस्थान गरेका छन् । कार्यक्रममा ५१ किलोको मालाले सभापति देउवालाई महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादब र उपप्रमुख तारादेबी कानुले सम्मान गर्दै गढीमाईको मायाको चिनो समेत प्रदान गरेका थिए ।