सिमरा । जगदम्बा स्टिल प्रा.लिको नयाँ ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किएसगै स्थानीयको बिरोधमा जीतपुरसिमरा वडा नं. २ ले उद्योगको गेटमा लगाएको ताला जिल्ला प्रशासनको आदेशमा प्रहरीले तोडेको छ ।
सवारी साधन पाकिङ्ग र गोदाम घरका लागि भनि बनाएको संरचनामा जगदम्बा स्टिल प्रा.लिले उद्योगको नयाँ मेशिन जडान गरेर सञ्चालन गरेर घरहरु चर्किए पनि जगदम्बाले अहिलेसम्म क्षतिपुर्ति नदिनुको साथै स्थानीय वडाको निर्देशन समेत पालना गरेको छैन ।
जगदम्बा स्टिलले पाकिङ्ग र गोदाम घरका लागि बनाएको संरचनामा रड काट्ने, बाङ्गोटिङ्गो रड सोझाउन ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किएको र रातभर बालवालिकाहरु त्रसित भई सुत्न समेत नसक्ने र झस्कने गरेको भन्दै स्थानियहरुले बिरोध जनाएका छन् ।
स्थानीयले वडाले फागुन ११ मा उद्योगमा ताला लगाएपनि प्रहरी प्रशासनले आज खोलेको हो । ताला तोडेपछि उद्योगमा घेराबन्दी गर्दै झडप समेत भएको छ ।
‘शुरुमा टिभिएस मोटरसाईकलको स्वरुम भनेर संरचना बनाईयो, पछि गोदामघर र पाकिङ्ग भनियो हुदाँ हुदाँ अहिले ठुलो ठुलो आवाजमा मेशिन सञ्चालन भएपछि घरहरु सबै चर्किएर भत्किएपनि स्थानीयको मागलाई उद्योगले अटेर गर्दै आएको स्थानिय सोहन शर्माले बताए ।
‘जगदम्बाले सहमती विपरित अहिले ठुलो मेशिन जडान गरेर काम गर्दा घरमा बच्चाहरु, वृद्धवृद्धा झस्किएर निदाउन सक्दैनन्,धुलो धुवाँ र प्रदुषणले हामी सबै आजित भएका छौ’ सबैभन्दा ठुलो जगदम्बा उद्योगले स्थानिय तहको सहमती बेगर पटक पटक प्लान्ट बिस्तार गर्दै आएको स्थानियहरुले जनाएका छन् ।
जीतपुरसिमराका २ वडाध्यक्ष तिलक श्रेष्ठले पनि पाकिङ्ग र गोदाम घर भनि मौखिक सहमती लिएर उद्योग प्रशासनले आफुखुसी मेशिन जडान गरेर सञ्चालन गरेको बताउनु भयो ।
‘यहाँवाट उत्पादन केही पनि हुदैन्,हामीले पाकिङ्ग र गोदाम घरको लागि सहमती दिएको भएपनि ठुला मेशिन जडान गरेपछि तालाबन्दी गरी सहमति गर्न खोजेपनि उद्योगले अटेर गरेको कारण सहमति निक्लन नसकेको बताउनु भयो ।
राज्यले बल प्रयोग गरी भन्दा सहमति गरेर स्थायी निकास निकाल्नु पर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनु भयो ।
जगदम्बाले मापदण्ड विपरित पटक पटक उद्योग बिस्तार गर्दा आसपासका बस्तीको अधिकाशं घरहरु चर्कन थालेको छ ।
स्थानियहरुको घर चर्कने र धुलो धुवाँका कारण स्वाथ्य समस्या देखिएको भन्दै उद्योग प्रशासन र स्थानिय बिच धेरै पटक बिवाद र छलफल हुदै आए पनि उद्योगको अटेरका कारण हालसम्म ठोस् निर्णय भने हुन सकेको छैन ।
स्थानिय र उद्योग प्रशासन विच चर्को बिवाद भएपछि सो ठाँउमा मेशिन सञ्चालन गर्न नदिने भन्दै वडाध्यक्ष श्रेष्ठले तत्काल मेशिन हटाउन निर्देशन समेत दिएपनि प्रहरी र प्रशासनको बलमा उद्योग खोलेर देखाउने तर बार्तामा नबस्ने उद्योगका कारण स्थानीय मारमा परेको स्थानीय सन्तोष कार्कीले बताए ।