बहु बिवाह मुद्दामा फरार केशरीलाई पक्राउ

तराइ संचार
तराइ संचार 927 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा बाट खटिएको प्रहरी टोली र प्रहरी चौकी गंजभवानीपुरले बहु बिवाह मुद्दामा फरार रहेका जिल्ला बारा करैयामाई गा.पा वडा नं.३ बस्ने दिनेश प्रसाद केशरीलाई पक्राउ गरेको छ ।

बारा जिल्ला अदालत कलैयाको मिति २०७२।०१।०३ गतेको फैसलाले १ वर्ष कैद र दस हजार नगद जरीवाना ठहर भई फरार केशरीलाई पक्राउ गरेको हो । केशरीलाई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content