सिमराबाट पनि संघ संस्था दर्ता तथा नविकरण कार्य शुरु

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । ईलाका प्रशासन कार्यालय सिमराबाट सामाजिक र सेवामुलक संघ संस्था दर्ता तथा नविकरण कार्य शुरु भएको छ ।

यस अघि ईलाका प्रशासनबाट नागरिकता र राहदानीको काम गर्दै आएपनि अब संस्था दर्ता तथा नविकरण कार्य शुरु भएको हो ।

ईलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मण ठकालले निजगढ र जीतपुरसिमराका सेवाग्राहीलाई थप सुबिधा उपलब्ध गराउन यस्तो ब्यवस्था गरिएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय बाराको यस्तो निर्णयले जिल्ला प्रशासनमा बढदो चापलाई कम गर्न सहयोगी हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content