सिमरा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य २–२ रुपैयाँले बढाएको छ । निगमले ग्यासको मूल्य भने यथावत राखेको छ ।
निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोल किन्न ११८ रुपैयाँ र डिजेल र मट्टितेल एक लिटर किन्न १०१ रुपैयाँ तिर्नुपर्नेछ ।
निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ ।
यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।