सिकेन्द्र पासवान
कलैया ४ चैत्र
राजनितिक दलहरुले शहिदहरुलाई वेवस्था गरेको आरोप लगाउदै मधेश आन्दोलनमा शाहदत प्राप्त गरेका ११० जना शहिदहरुको स्मारक बनाउनका लागि महिला तातेका छन ।
बारा, पर्सा र रौतहटका महिलाहरुले बाराको सदरमुकाम कलैयामा पत्रकार सम्मेलन गरी शहिदहरुको सम्मानका लागि बैसाख १६ गते देखि रुद्र महायज्ञको आयोजना गरी आफुहरुले स्मारक बनाउने अभियानमा लागेको बाराका सुरजिता कुसवाहाले बताईन । श्री सिता राम सन्त समाजको सक्रियामा शाहदत प्राप्त गरेका ती शहिदहरुको आत्मका चिरशान्तिको कामना गर्दै बाराको पतरौता नगरपालिका वडा नम्बर ३ रामनगर स्थित रामजानकी मठ सखुवा नजिकै स्मारक बनाउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । यज्ञका लागि फाल्गुन १२ गते झण्डा गाड्ने काम भई सकेको समाजका बरिष्ट सल्लाहकार गम्भिरा सहनीले बताए । करिब ३० लाखको लागतमा यज्ञ हुने आयोजकले दावी गरेका छन् । बैसाख १७ गते यज्ञको उदघाटन हेलिकप्टरबाट फुलको बर्षा गरी गर्ने लक्ष्य रहेको सल्लाहकार सहनीले बताए । पत्रकार सम्मेलनमा समाजका केन्द्रिय सदस्य श्री राममोहन दास ( नेपाली बाब) ,जसपाका नेता सन्तोष पटेल, सहयोगी तागिर मंसुर रौतहटका तारा देवी सोनार, पर्साका मालती गिरी, रेखा साह, बाराका समोद सिह राजपुत, चम्पा देवी, सैरा खातुन, अमना खातुन, अभिमन्यु सिह सहभागिता रहेको थियो । यज्ञ ९ दिने सम्म चल्ने बताईएको छ । यज्ञमा नेपाल र भारतका गरी हजारौ साधु, महात्माहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
महिलाहरुको अगुवाईमा मधेश आन्दोलनका ११० शहिदहरुको स्मारक बन्ने
प्रतिक्रिया
प्रतिक्रिया