सिकेन्द्र पासवान
कलैया ४ चैत्र
जग्गा सबन्धी विवाद,रिसइवी र प्रेम सम्बन्धको कारण आफनै सहपाठीलाई क्रुर हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा बुधवार पत्रकार सम्मेलन गरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही बस्ने जाकिर हुसेनका १४ बर्षिय छोरा साहिद हुसेन मियालाई पक्राउ परेका तीन जनाले द्दाटीमा डोरी बाधेर टाउकोमा घरेलु हतियार प्रयोग गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुही टोल बस्ने बर्ष २५ का क्यामुदिन मंसुरी, सोहि ठाँउ बस्ने बर्ष २१ का अफसान भनिने हमर हुसेन मिया हजाम र १९ बर्षका आवेदिन मिया रहेका छन् ।
फागुन ११ गते घरबाट लागु औषध खानका लागि बोलाई घाटीमा डोरी प्रयोग गर्दै ती तीन जनाले ढुगा र दावले टाउकोमा काटी हत्या गरेको स्वीकार गरिसकेको अनुसंन्धान अधिकृत एवम प्रहरी प्रवतmा गौतम मिश्रले बताउनु भयो ।
परिवारिक तथा जग्गा जमिनको आपसी बिवादको बिषयलाई लिएर हत्या गरेको र १७ दिन पछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० बेहरा स्थित फैक्टीहरुको फोहर फाल्ने गाडिएको डमपिङ्घ साईटमा सडीगलेको अवस्थामा मृतकको शव फेला पारेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए ।
मृतक र हत्यारा सबै लागु औषध सेवनकर्ता रहेको अनुसंन्धानबाट खुलेको छ । हत्या भएको अघिल्लो दिन नै हत्यारा तिनै जनाले साहिदलाई मार्ने योजना बनाएर क्यामुदिनले आफनो घरबाट घरेलु हतियार दाव अगाडीनै घटना घटाउने ठाँउमा राखेर गएको प्रवतmा मिश्रको भनाई रहेको छ ।
आवेदिन मियाले ल्याएको डोरी क्यामुदिनलाई दिएपछि मृतकलाई पछाडीबाट घाटीमा डोरी बाधी थिची भुईमा लडाएपछि आवेदिन र अफसानले थिची राख्दै बेहोस भएपछि मृत्यू भयो कि भएन भनेर दावले खुटा देखि शशिरको बिभिन्न भागमा काटन शुरु गरेको अनुसंन्धानबाट खुलेको प्रवतmा मिश्रले जानकारी दिए ।
पक्राँउ परेका तिनै जनालाई कर्तब्य ज्यान सम्बन्धी मुद्धामा म्याद लिई अनुसंन्धान भईरहेको प्रहरी उपरिक्षक शाहीले भने । यो भन्दा अगाडी पनि निजगढमा लागु औषध प्रयोगमा बिषयमा झगडा हुदा आफनै सहपाठीलाई हत्या भएको थियो ।
११ फागुनमा साहिद हुसेन हराएका थिए । उनका अभिभावकले फागुन १३ गते जिल्ला प्रहरी कार्यलयमा खोजतलाश गरि पाउँ भनि निवेदन दिएको प्रहरीले जनाएको छ । प्रहरीले हुलिया सहितको देश भरिको प्रहरी युनिटमा खवर गरेको थियो ।
प्रहरी नायव उपरिक्षक गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली खटाई मेनुअल र प्राविधिक रुपमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा प्रहरीले ५० जना भन्दा बढिसँग सोधपुछ समेत गरेको थियो ।