सिमरा । प्रदेश दुईका मुख्य मन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेश सरकारको समन्वय विनै पटक पटक गर्ने कर्मचारी सरुवाले काम गर्ने वातावरण नबनेको आरोप लगाउनु भएको छ ।
कर्मचारीतन्त्र कमजोर बनेका कारण कुनै पनि काम समयमै निति नियम अनुसार पनि काम हुन नसकेको राउतले बताउनु भएको छ ।
बाराको सिमरामा तराई यातायात व्यवसायी संघको १५ औं साधारण सभाको उद्घाटन गर्दैसो बताउनु भएको हो ।
उहाँले मुलुकको आर्थिक बिकासमा निजी क्षेत्रको ठुलो लगानी रहेको यातायात क्षेत्रले मुलुकमै ठुलो रोजगारदाताको रुपमा स्थापित भएको बताउनु भयो ।
प्रत्यक्ष वा आप्रत्यक्ष रुपमा लाखौं् व्याक्तिहरुलाई रोजगार सिर्जना गरेकोले यातायात क्षेत्रलाई सवै क्षेत्रबाट आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो ।
उहाँले यातायात क्षेत्रको सुदृढीकारणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले आआफ्नो क्षेत्राधिकार भित्र रही गोलबद्ध तरिकाले काम गर्नु पर्ने बताउदै प्रदेशले गर्ने कामका लागि प्रदेशमा तत्काल आउन अनुरोध समेत गर्नु भयो ।
प्रदेश सरकारले यातायात क्षेत्र बिकासका लागि कुनैपनि कसुर बाँकी नराखी सहयोग गर्न आफु तत्पर भएको प्रतिबद्धता समेत गर्नु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेठले आफुपनि यस क्षेत्रको व्यवसायी भएकोले यातायात सुदृढीकरणका लागि केन्द्रलाई घचघच्याउन यायायतका टिमसंग अगुवाई गर्ने प्रतिबद्धता गर्नु भयो ।
तराई यातायात संघका अध्यक्ष शंकर बिष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रक व्यावसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सरकारले ब्यबसायीहरुको आवाज नसुनेर अदालतको ढोका घचघच्याउनु परेको बताए ।
त्यसैगरी कार्यक्रममा दूई नम्वर प्रदेशका सभासदहरु शेभा लामा, सुन्दर विश्वकर्मा, सविधान सभाका सभासद तथा सल्लाहाकार शोभाकर पराजुली, नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली, ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका नवर्तमान अध्यक्ष अर्जुन रानाभाट, नेपाल पत्रकार महासंघका प्रदेश सचिब एवम पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, यातायात ब्यबसायी बैकुण्ठ श्रीवास्तव , डा . सुवास प्याकुरेल, नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, जसपाका केन्द्रिय सदस्य भरत बहादुर खड्का, तराई यातायात ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष हरीशरण अधिकारी लगायतले मन्तब्य ब्यप्त गरेका थिए ।