जगदम्बा स्टिल प्रा.लि.को स्थानीयको सहमति विपरित नयाँ ठुलो मेशिन जडान,प्रहरी र स्थानीयबिच भिडन्त

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जगदम्बा स्टिल प्रा.लि.को स्थानीयको सहमति विपरित नयाँ ठुलो मेशिन जडान गरेर सञ्चालन पछि घरहरु चर्किएसगै वडा नं. २ ले उद्योगको गेटमा लगाएको ताला जिल्ला प्रशासनको आदेशमा प्रहरीले बलजफती तोडे पछि आज प्रहरी र स्थानीयबिच भिडन्त भएको छ ।

जगदम्बा स्टिल प्रा.लि.ले सवारी पार्किङ भनेर प्लान्ट निर्माण गरेपछि स्थानियले लगाएको ताल्चा प्रहरीले दुई दिन अघि जर्बजस्ती तोडेको बिरोधमा आज स्थानीय जगदम्बामा ताला लगाउन जादा झडप भएको हो ।

झडपको क्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नरिक्षक राजकिशोर साह तेली सहित ८ जना प्रहरी घाईते भएका छन् ।

प्रहरीले झडपमा संलग्न रहेको आरोपमा सन्तोस कार्की सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउसगै स्थानीयले राजमार्ग सडक झण्डै तीर्न घण्टा चक्काजाम गर्नुका साथै जगदम्बाको गेटमा टायर बाली पुर्णरुपमा बन्द गराएका थिए ।

पक्राउ परेकाहरुलाई राती सात बजे छाडेपछि चक्काजाम खुलेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content