निकुञ्जद्धारा घरमा लुकाई पालेको बदेल सहित एक पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । पर्सा राष्ट्रिय निकुञ्ज र जङल क्षेत्र आसपासका स्थानीयले वन्यजन्तु नियन्त्रण गर्दै पालन पोषण गर्ने क्रम बढदै गएपछि उनीहरु बिरुद्ध कार्वाही अगाडि बढाएको छ ।

निकुञ्ज र जङल क्षेत्र आसपासमा वन्यजन्तुलाई घरमा लुकाई पाल्नु र राख्नु गैह्रकानुनी काम भएकोले कानुन बमोजिम कारवाही हुने प्रमुख संरक्षण अधिकृत मनोज साहले बताउनु भएको छ ।

यसैक्रममा पर्सा राष्ट्रिय निकुञ्जले सोमवार दिउँसो घरमा लुकाई पालेको बदेल, खोर सहित जिवनकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले बनबाट ल्याएको बदेल घरमा पाल्दै आएका थिए ।

सानो छदा पाल्ने र ठुलो भएपछि मासु खाने गरेकाले नियन्त्रणमा लिएर कानुनी कार्वाही अघि बढाएको निकुन्जले जनाएको छ ।

लुकाई राखेको बदेल बरामत भए कानुनी रुपमा ६ महिनासम्म कैद र २० हजार रुपयाँ सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज र जङल क्षेत्र आसपासमा वन्यजन्तुलाई घरमा लुकाई पाल्ने क्रम तिब्र बनेको छ ।

बाराको जीतपुसिमरा निकुन्ज आसपास र निजगढ बन क्षेत्र आसपास वन्यजन्तु पाल्ने र अन्तिममा मासु खाने चलन बढ्दै गएकोले कार्वाही शुरु गरिएको निकुन्जले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, (पाँचौ शंसोधन २०७३) को दफा ५ (१) अनुसार अधिकार प्राप्त व्यक्तीवाट लिखित अनुमती नलिई कुनैपनि व्यक्तीले राष्ट्रिय निकुञ्ज तथा आरक्षभित्र वन्यजन्तुको शिकार तथा ओसारपोसार गर्न निषेध गरिएको छ ।

पक्राउ परेका श्रेष्ठलाई खोर र बदेल सहित नियन्त्रणमा लिएर कारवाही प्रकिया अगाडी बढाएको छ । गैह्र कानुनी रुपमा वन्यजन्तुलाई घरमा लुकाईछिपाई राख्नु गलत कार्य भएको जनहित उपभोक्ता समिति अध्यक्ष अमृतलाल श्रेष्ठले बताउनु भएको छ । ‘यो त ठाडै गैह्रकानुनी कार्य हो, यस्तो घटनामा कानुन बमोजिम कारवाही हुन्छ’ श्रेष्ठले बताए ।

श्रेष्ठले सो बदेल भेडेखोलाबाट ल्याएको स्थानियहरुले जनाएका छ ।

पर्सा राष्ट्रिय निकुञ्ज भित्रको भेडेखोलाबाट यसअघि पनि पटक पटक बदेल ल्याएर पाल्ने अनी मासु खाने गरेको स्थानीयले बताएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले भने स्थानियहरुवाट लिखित तथा मौखिक उजुरी नआए पनि निकुन्ज आसपासमा यस्तो कार्य बढदै गएपछि निगरानी बढाईएको बताएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content