सिकेन्द्र पासवान
कलैया । पतरौता नगरपालिका वडा नम्बर ९ कुडवाका मल्ली (डोम परिवारका ७ जनाको पढाई खर्चका लागि संविधानसभा सदस्य डा. शोभाकर पराजुलीले रु ४० हजारको चेक घरमुली तोकन मल्लीलाई हस्तान्त्रण गरेका छन ।
नवलपरासी जिल्ला काबासोती बस्ने पराजुलीका साथी सालिकराम सापकोटाको अष्ट्रेलियामा बस्ने छोरा प्रकाश सापकोटाले पठाएको सो ४० हजारको चेक कुडवा गाँउमा पुगी बिहीबार पराजुलीले मल्ली परिवारका सात जना बिधार्थीहरुको अभिभावकलाई प्रदान गरेका हुन ।
तोखनका छोरा संजय ५ बर्ष अगाडी रोजगारीको सिलसिलामा काबासोती गएको बेला प्रकाशसंग चिनजान भई गरिबीका कारण पेट पाल्न मुस्किल भएकोले छोरा छोरीलाई कसरी पढाउने भने सुनाएपछि उनको पिडामा मलहम लगाउन प्रकाश र उनका बुबा सालिकरामसंगै कुडवामा आई मल्ली परिवारको अवस्था देखेपछि पठाईमा सहयोग गरेका हुन ।
मानवतालाई हेरी छोराले तोखनका ३ छोराका ७ जना छोरा छोरीहरुलाई कक्षा १० सम्म निजी बिधालयमा पढाउने खर्च दिने निर्णय भए बमोजिम ०७७÷७८ को फिस, ड्रेस, कापी, कितावका गरी रु ४० हजार सहयोग गरेको सापकोटाले बताएका छन् ।
चेक हस्तान्तरण गर्दै पराजुलीले सापकोटा परिवारले मानव भएर मानवका लागि सहयोग गरी महान धार्मिक कार्य गरेकोले धन्यवादको पात्र भएको बताए ।
त्यसमा पनि चेक हस्तान्तरण गर्ने अवसर दिलाएकोमा समेत पराजुलीले धन्यवाद दिए ।
प्रकाश त्यती बेला काठमाडौमा कक्षा १२ मा अध्यन गर्दैथिए । छुटीको समयमा काबासोती आएको बेला संजयको सो पिडा सुनेका थिए ।
तराई मधेसको जिल्लाहरुमा डोम समुदायका बालवालिकाहरुलाई बिधालयमा भर्ना लिन आनाकानी हुने गरेको र कदम कदाची भर्ना पनि लिईन्छ भने बिधालयमा सहपाठीहरु संगै कक्षा कोठामा बस्न समेत अप्ठयारो हुने अवस्थामा सापकोटा परिवारले मेरो छोरा छोरी, भतिजा, भतिजीहरुलाई कक्षा १० सम्म पठाई दिने गरेको महान पुनित कामप्रति आभारी रहेको संजयले सुनाए ।
सापकोटा परिवार मेरा परिवारका लागि भगवान भएर नै आए, वहाँहरुलाई जति धन्यवाद दिए पनि कम हुने संजयले बताए ।
सोपकोटा परिवारले लगाएको यो गुण जिन्दगी भरी नभुल्ने संजयले बताए ।
कुडवामा नै रहेको के्रडिट ईगलिस बोर्डिङ्घ स्कुलमा कक्षा ४ मा अध्यनरत गुडु, ३ मा पढने आरती, कक्षा ३ मै पढने सन्जु कुमारी, कक्षा ३ मा नै पढने राजु, कक्षा २ मा पढने श्याम, कक्षा २ मा पढने चाँन्द कुमारी र कक्षा १ मा पढने अदित मल्लीको कक्षा १० सम्म पढाईको लागि आफु र छोरा पुर्ण प्रतिवद्ध रहेको बताउदै पढाई नछुटाउन परिवारलाई आग्रह समेत गरेका थिए ।
आफुहरु त पढेन तर पढाईको महत्व कति ठुलो हुदो रहछ भने कुरा बुझी सकेको हुदा नाती नातिनाहरुको पढाईलाई निरन्तरता दिने तोकनले बताए ।
सो अवसरमा नवलपरासीका समाजसेवी बुद्धि ढकाल, नेपाली काँग्रेस कुडवाका बुथ सभापति गोबारी राय यादव लगायतको सहभागिता रहेको थियो ।