जगदम्बा स्टीलको ज्यादती विरुद्ध जिल्ला प्रशासनमा के भयो सहमित ?

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
6 मिनेट पढ्न लाग्ने समय

सिमरा । जगदम्बा स्टीलको मनपरी ज्यादती रोक्दै स्थानीयको माग सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक समिति गठन गर्नु भएको छ ।

सम्पूर्ण कामको अनुगमन र निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय अन्तर्गत ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख समेत रहेका उपसचिव लक्षमण ढकालको नेतृत्वमा वडा अध्यक्षहरु स्थानीय ईलाका प्रहरी कार्यालयका प्रमुख, उद्योग अधिकृत, उपमहानगरपालिकाको वातावरण अधिकृत सहित पीडित पक्षहरु समेत सम्मिलित समिति गठन गर्नु भएको हो ।

सो समितिले सम्पूर्ण कामको अनुगमन गरी दुई महिना भित्र विवरण सहित सिफारिस जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनु भएको हो ।

जगदम्बाबाट पीडित स्थानीयहरुलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले सो प्रतिवेदन जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक समेत गर्ने उहा“ले बताउनु भयो ।

जीतपुरसिमरा वडा नं. २ मा अवस्थित जगदम्बा स्टीलका कारण स्थानीय आजित भएपछि शुरु भएको आन्दोलन शुक्रवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा स्थानीयले जगदम्बाले ऐलानी जग्गा र खोला समेत अतिक्रमण गरी हकभोग गर्दै आएको तथा विद्युत प्राधिकरणको ट्रान्समिटर समेत उद्योगको बीचमा पारेको आरोप लगाएका छन् ।

स्थानीयको सो आरोप पछि ऐलानी जग्गा र खोलाको एथेष्ट विवरण संकलनका गरी जिल्ला प्रशासन कार्यालयमा पेश गर्न र सो जग्गा हकभोग नियन्त्रण गर्न उपमहानगरपालिकालाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको पौडेलले बताउनु भएको छ ।

त्यसैगरी स्थानीय जनताहरुका तर्फबाट मध्यवर्ती र सिमसार क्षेत्र समेत जगदम्बा स्टीलले अतिक्रमण गरेको विषयमा पर्सा राष्ट्रिय निकुञ्जले यकिन गरे अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीयहरुको कुरा सुनेपछि नया“ ग्यास प्लान्ट, जस्ता प्लान्ट, भट्टी, गोदाम, डिजीलगायत नया“ स्थापनाका सम्बन्धमा उद्योगले लिएको अनुमति, स्वीकृत भएको वातावरणीय प्रभाव मुल्याड्ढन लगायतको अध्ययन गर्न सम्पूर्ण कागजातहरु पेश गर्न जगदम्बा स्टीललाई एक हप्ताको समय दिने र सो प्रतिवेदनका आधारमा अघि बढ्ने उहा“ले बताउनु भयो ।

नया“ प्लान्टका हकमा कुनै पनि मेशिनरी काम तत्काल उद्योगले नगर्ने र पार्कि· भने गर्नपाउने उहा“ले बताउनु भयो ।

जगदम्बा स्टीलले ठूला मेशिल स्थापना गर्दा स्थानीयहरुको घर चर्किए पनि जगदम्बाले क्षतिपूर्ति दिनुको साटो स्थानीय पीडितहरुलाई नै धम्काउ“दै आएको बताएका छन् ।

जगदम्बा स्टीलले प्रहरी प्रशासन आफ्नो नियन्त्रणमा रहेको जनाउ“दै स्थानीयले पीरमर्काको बिरोधमा शुरु गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै तालाबन्दी तोडेपछि आन्दोलन आक्रमक बनेको बताएका छन् ।

 

जगदम्बा स्टीलको ज्यादती, ऐलानी जग्गा, खोला र सिमसार क्षेत्र अतिक्रमण नियन्त्रण गर्न समिति गठन, विवरण पेश गर्न उद्योगलाई एक हप्ते अल्टिमेटम

नेपाली कांग्रेसका नेता समेत रहेका सार्वजनिक सरोकार समितिका अभियानकर्ता छबिलाल शर्माले जगदम्बाको प्रदुषणको प्रकोपले अकालमै मर्नुपर्ने अवस्था आए पनि नगरपालिका र सरकारलाई समेत प्रभावित पार्दै जगदम्बाले आफ्नो क्षमता बढाउदै जा“दा स्थानीय जनताको घर भत्कने देखि प्रदुषण नियन्त्रणमा आउन नसकेको बताउनु भयो ।

शर्माले जगदम्बा स्टिल कंम्पनीले बिगतमा गरेको सम्झौता र हालसिमराबासीले गरेको आन्दोलनको माग संम्बोधन नगरेसंम्म जगदंम्बाको बिरुद्धमा आन्दोलन नरोकिने बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले जगदम्बा स्टीलको प्रदुषण र गतिविधि बारे पटक–पटक पत्राचार गरेर सचेत गराउने गरेको बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा भएको सर्वपक्षीय छलफलमा नगरप्रमुख पौडेलले सो कुरा बताउनु भएको हो ।

स्थानीयहरुले उपमहानगरपालिकाले जगदम्बा स्टीललाई प्रदुषण नियन्त्रण लगायत नया“ प्लान्ट निर्माण गर्न छुट दिएको भन्दै आक्रोश पोखेपछि जवाफ दिदै नगरप्रमुख पौडेलले जगदम्बा स्टील उद्योग प्रशासनले धु“वा, धुलो, प्रदुषणमा ज्यादती गर्दै आएको बताउ“दै पटक–पटक हु“दै आएको सहमति समेत कार्यान्वयन नगरेको बताउनु भयो ।

संघीय कानुन अन्तर्गत उद्योग रहेको बताउ“दै प्रष्ट रुपमा कानुन नबनेका कारण उद्योगमा हस्तक्षेप गर्न नसकेको उहा“ले स्वीकार गर्नु भयो ।

आम नागरिकको स्वास्थ्य र जनजीविकास“ग जोडिएर पनि जगदम्बाको ज्यादतीको बारेमा केही काम गर्न सकिने भए पनि धेरै हस्तक्षेप गर्न भने नसक्ने उहा“ले बताउनु भयो । कुनै पनि उद्योगहरु नियम अनुसार सञ्चालनमा नरहेको र त्यसको साध्य समेत नहुने अवस्था रहेको उहा“ले बताउनु भयो ।

आफु सार्वजनिक रुपमा ऐलान गर्न चाहन्छु कि मैले कौडी रुपैया लिएको भए सार्वजनिक रुपमा सजाय भोग्न तयार रहेको समेत बताउनु भयो ।

नगरप्रमुख पौडेलले उद्योगस“ग केही स्थानीयले बार्गेनि· गर्दै मागी खाने बनाएको समेत आरोप लगाउनु भयो ।

छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलले जनताको जिउधन र जनजीविकालाई समेत ध्यानमा राख्दै उद्योगले काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा जगदम्बा बिरुद्धको आन्दोलनको अगुवाई गरेका स्थानीय सन्तोष कार्कीले जगदम्बा उद्योगमा स्थानीयले लगाएको ताल्चा प्रहरी प्रशासनले स्थानीयस“ग छलफल र सहकार्य नगरी बलजब्दी तोडेकोमा त्यो ताल्चा डेढ सय रुपैयाको मात्र नभई हजारौं स्थानीयको आवाज रहेको बताए ।

प्रहरीले स्थानीय जनतालाई एक्कासी आएर हिर्काएपछि दोहोरो झडपको अवस्था आएको कार्कीले बताए । न्याय माग्न प्रशासन जा“दा नपाउने अनि तालाबन्दी गर्दा बल प्रयोग गर्ने जनता कहा“ जान्छन् ? कार्कीले बताए ।

कार्कीले जगदम्बा स्टीललाई प्रश्रय दिन नगरप्रमुख पौडेलको प्रमुख हात रहेको बताउ“दै नगरप्रमुख निन्द्रामा रहेको आरोप रहेको लगाउनु भयो ।

कार्कीले जनप्रतिनिधि आईसकेपछि जगदम्बा स्टील चारगुणाले बढेको भए पनि नियन्त्रण गर्ने तर्फ नगरपालिकाले कुनै चासो नराखेको बताउनु भयो ।

नेपाली कांग्रेसका नगरसभापति श्यामबाबु गुप्ताले प्रमुख जिल्ला अधिकारीलाई त्यहा“को समस्या कति छ भनेर बुझ्न केही दिन भएपनि सिमरा आउन आग्रह गरे ।

जनता र स्थानीयको माग सम्बोधन नभए फेरी हुने आन्दोलन कसैले रोक्न नसक्ने गुप्ताले बताउनु भयो ।

जीतपुरसिमरा वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरु· र २ का अध्यक्ष तीलक बहादुर श्रेष्ठले आफ्ना वडावासीलाई मार पर्दै आए पनि राज्य सयंत्र जगदम्बाको प्रदुषण नियन्त्रण लगायतको काममा सहयोग नगरेको बताउनु भयो ।

स्थानीय रामकुमार अर्यालले स्थानीय जनप्रतिनिधिहरु नाला, सडक, पुल, पुलेसा भन्दै जगदम्बाको दलाली गर्दै सम्पूर्ण छुट दिदै आएको बताए ।

स्थानीय हिरा बस्नेतले यसअघि जगदम्बाले गरेको प्रतिबद्धता अनुसार प्रदुक्षण नियन्त्रण लगायतका कुनै पनि प्रतिबद्धता पूरा नगरेको बताउनु भयो । २०७७।१२।०९ सोमबारको बारा दर्पण साप्ताहिक बाट पिडिएफमा समेत गएर हेर्न सक्नु हुन्छ।  2077-12-09 anka 48

शेयर
प्रतिक्रिया
Skip to content