बारामा प्रेस चौतारी नेपालले सबैपद हात पार्न प्रतिस्पर्धामा गएपछि अध्यक्ष गुमाउनु परेको छ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 919 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारामा प्रेस चौतारी नेपालले सबैपद हात पार्न प्रतिस्पर्धामा गएपछि अध्यक्ष गुमाउनु परेको छ । जसबाट ९ बर्ष पछि प्रेस युनियनले फेरी जित निकालेको हो ।

केन्द्रमा प्रतिगामी कदमको बिरुद्ध रहेको प्रेस चौतारी ओली समुह र मधेशी पत्रकार एकातर्फ र अर्कातर्फ प्रेस युनियन, प्रेस चौतारी माधब समुह र प्रेस संगठन प्यानल बनाएर लडेको भएपनि बारामा भने केन्द्रको निर्णय नमानी सबै बाम पत्रकारहरु एकातर्फ र अर्कोतर्फ प्रेस युनियनका बिच प्रतिस्पर्धा भएको हो ।

कुल १२९ सदस्यता रहेको पत्रकार महासंघ बारामा प्रेस युनियन बाम पत्रकारहरु भन्दा करिब ३५ मतले कम छ ।

केन्द्रले प्रेस युनियनलाई बारामा उपाध्यक्ष, कोषाध्यक्ष र सचिब र चौतारीलाई अध्यक्ष दिनेगरी भागवडा लगाएपनि चौतारी युनियनलाई कुनै पद नदिने भन्दै सबै पद लिन प्रतिस्पर्धामागएको थियो ।

प्रतिस्पर्धामा नेपाल टेलिभिजनका पत्रकार रेशम तिवारी अध्यक्ष पदमा बिजयी हुनु भएको छ ।

प्रेस युनियनका तर्फबाट बिजयी तिवारी सात मतले प्रेस चौतारी, प्रेस संगठन लगायतको गठबन्धनबाट उम्मेदबार बनेका गोबिन्द घोरसाईने गोकुललाई पराजित गरेका हुन ।

अध्यक्ष पदका तिवारीले ६३ मत प्राप्त गरे भने घोरसाईनेले ५७ र राजेश महतो २ मत प्राप्त गर्न सफल भए ।

उपाध्यक्ष पदमा चौतारी गठबन्धनका रामबाबु मेहताले दुइ बढी ल्याएर बिजयी भए ।

मेहताले ५६ र उपाध्यक्षमा निवेश तिमल्सिना ५४ र प्रभु प्रसाद यादबले सात मत ल्याउन सफल भए । त्यसैगरी महिला उपाध्यक्षमा चौतारी गठबन्धनका लक्ष्मी पाण्डेले ६८ मत प्राप्त गरिन भने प्रेस युनियनकी प्रियन्का कुमारी दासले ४२ र अप्सरा पुडासैनीले ७ मत प्राप्त गरिन ।

त्यसैगरी सचिब पदमा चौतारी गठबन्धनकै अनिल गौरबले स्वतन्त्र अजय साहलाई दुई मतले पराजित गरेका हुन । गौरबको ५६ र साहको ५४ ,उमेश सुनारको तीन मत परेको थियो ।

सहसचिबमा चौतारी गठबन्धनका रन्जन यादबले ७० मतकासाथ बिजयी भए भने युनियनका अनिल साहले ४२ मत प्राप्त गरे । त्यस्तै सह सचिब समाबेशीमा चौतारी गठबन्धनका दुश्यन्त चौधरी ६६ मतका साथ बिजयी भए भने प्रेस युनियनका शिवशंकर मिश्र ५० मत प्राप्त गर्न सफल भए ।

कोषध्यक्ष्यमा चौतारी गठबन्धनका श्याम बाबु गुप्ता ६१ मतले बिजयी भए भने युनियनका अनिल गुप्ता ४१ र अर्का पवन यादबको १७ मत ल्याउन सफल भए ।

खुल्ला सदस्यमा प्रदिप गौतम ८०, अनिल पाण्डे ७३, नरेश गुप्ता ७२, रन्जना खतिवडा ६६ , ईन्दिप कोईराला ६४ र बसन्त शर्मा र पप्पु साहको ५६–५६ बराबरी भएपछि पछि सहमति गर्ने गरी एक चयन भएका छन् ।

महिला सदस्यमा तुलसा घिमिरे बिजयी भएकी छन । अन्य समाबेशीमा फैजुल्ला आलम बिजयी भएका छन् ।

यस अघि दलित सदस्यमा पन्नालाल दास , आदीवासी जनजातीमा जियालाल चौधरी, र मधेसी सदस्यमा शम्भु महतो बिजयी भई सकेका छन ।

प्रदेश परिषद सदस्यमा बिदुर खड्का ८४, मनोज कुमार साह ८२, पुष्पराज खतिवडा ७८, जिउत यादब ७१, सिकन्द्र साह ७०, श्रीराम रेग्मी ६६, प्रभात तिमल्सिना ६५, सवदर अन्सारी ६१ र शेखर चौधरी ६० मतले बिजयी भएका छन ।

त्यस्तै केन्द्रिय परिषद सदस्यहरुमा गम्भिरा सहनी ९३, हरीदेब खरेल ८५ , प्रकाश लम्साल ७७, दिवाकर भण्डारी ७२ मत ल्याई बिजयी भएका छन ।

 

शेयर
प्रतिक्रिया
Skip to content