चैत्र ३१ बाट हुने सिमरा गोल्डकप, पहिलो खेलमा आयोजक र बाग्मती क्लब हेटौडा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको सिमरामा हरेक बर्ष सञ्चालन हुँदै आएको देशकै चर्चित पूmटबल प्रतियोगितामध्ये एक सिमरा गोल्डकप प्रतियोगिता चैत्र ३१ गते देखि शुरु हुन सम्र्पुण तयारी पुरा भएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

                राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले उद्धघाटन गर्ने यस फुटबल प्रतियोगितामा पहिलो पटक रात्रीको समयमा खेलाईने भएकोले प्रतियोगिताको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाले पत्रकार सम्मेलनमा बताए ।

यस बर्षको पहिलो उद्धघाटन खेल आयोजक जन जागृति युवा क्लब र बाग्मती भिलेज युवा क्लब फापरवारीबिच हुने बैशाख ११ गते फाईनल खेल हुने गरी टाईसिट समेत पत्रकार सम्मेलनमा बितरण गरेको छ ।

दोश्रो खेल त्रिभुवन आर्मी र बिरगन्ज युनाईटेडबिच बैशाख १ गते हुने जनाईएको छ । यस अघि सिमरा गोल्डकपको नामले सञ्चालन हुँदै आएको सो प्रतियोगिता यस बर्ष उपमहानगरको समेत प्रमुख सहयोग हुने भएपछि जीतपुरसिमरा गोल्डकपको नामले सञ्चालन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लामाले बताउनु भयो ।

                अखिल नेपाल फुटबल संघ एन्फाले बार्षिक क्यालेन्डर अनुसार चैत्र २० गते देखि प्रतियोगिता शुरु हुनु पर्नेमा आवश्यक तयारी पूरा गर्न केही समय लागेकोले चैत्र ३१ देखि शुरु गर्न लागिएको क्लबका महासचिब शम्भु सिंह ठकुरीले बताउनु भयो ।

यसअघि कोरोना महामारीका कारण अघिल्लो बर्षको फुटबल प्रतियोगिता रोकिएको र पुन कोरोनाको दोश्रो लहर शुरु भएको पत्रकारहरुको जिज्ञाशामा सहभागिलाई माक्स र सेनिटाईजर अनिवार्य गरेर भएपनि प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी थालिएको सबै तयारी पुरा भएकोले प्रतियोगिता नरोकिने आयोजकले जनाएको छ ।

यस बर्ष जीतपुरसिमरा गोल्डकप रातीको समयमा खेलाइने भएको हुँदा सबै कर्मचारी मजदुर देखि सबैले फुटबलको मज्जा लिन सक्ने आयोजकले जनाएको छ ।

यसअघि दिउँसो हुँदै आएको फुटबल प्रतियोगिता पहिलो पटक रात्री कालिन रुपमा शुरु हुन थालेकाले दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा हुनेमा आफूहरु आशावादी रहेको अध्यक्ष लामाले बताउनु भयो । यस वर्ष ‘ए’ डिभिजनका ६, आयोजक र अन्य गरी जम्मा १२ टीमका खेलाडीहरु सहभागी हुने यस गोल्डकपमा खेल मैदानमा प्mलड लाइटसमेत जडान भइसकेको जानकार गराइएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा हुने सो प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र, मोटरसाइकल लगायतका पुरस्कार पाउने छन् ।

   करीब रु ७० लाख ५५ हजार लागत अनुमान रहेको सो प्रतियोगिता सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरी विशेष सहयोगी बनेको छ ।

त्यसैगरी अन्य सहयोगीहरूमा क्याल ग्रुप अफ इन्डस्ट्रिज, सूर्य नेपाल प्रालि, जगदम्बा स्टील्स प्रालि, हुलास स्टील्स, क्लासिक इन्डस्ट्रिज, विश्वकर्मा सिमेन्ट प्रालि, होटल तथा पर्यटन व्यवसायी सङ्घ बारा लगायत रहेका छन् । पत्रकार सम्मेलनको सहजीकरण क्लबका महासचिव शम्भु सिंह ठकुरीले गरेका थिए ।

सम्मेलनमा क्लबका संरक्षक जयराम दहाल, पुर्व अध्यक्ष कासिम मिया, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , प्रेस सम्योजक दिवाकर भण्डारी, खेलकुद पत्रकार संघका अध्यक्ष सुनिल गाउले , पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, अग्रज पत्रकार गोकुल घोरसाईने, रगशाला निर्माण समितिका धन बहादुर श्रेष्ठ, क्लबका पदाधिकारी सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content