सिमरा । ११ जीतपुरसिमरागोल्डकपमा बुधबार सम्पन्न फुटबल प्रतियोगतामा त्रिभुवन आर्मी क्लब काठमाण्डौले बिरगन्ज युनाईटेड क्लब बिरगन्जलाई फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
सिमरास्थित रङगशालामा साझ ६ः३० बजेदेखि रात्रीको समयमा भएको प्रतियोगितामा पदकको दाबेदार त्रिभुवन आर्मी क्लब काठमाण्डौले १ गोलका बिरुद्ध चार गोल गरी त्रिभुवन आर्मी क्लब काठमाण्डौ बिजयी भएको हो ।
त्रिभुवन आर्मी क्लब काठमाण्डौका प्रिन्स कार्की म्यान अफ द म्याच भए ।
मंगलबार पहिलो दिनको खेलमा आयोजक जनजागृति युवा क्वल सिमराले बाग्मती गाउपालिकालाई दुईका बिरुद्ध चार गोल गरी पराजित गरेको थियो ।
आज बिहिबारको खेल भरतपुर युवाक्लब चितवन र बाग्मती युवा क्लव सर्लाही बिच हुनेछ । खेलको बिजेताले सात लाख पुरस्कार पाउनेछन ।