सिमरा ः सेन्टर कलेज भरतपुर फूटवल क्लबलाई सडन डेथमा स्तब्ध पार्दै बाग्मती युवा क्लब सर्लाही जीतपुरसिमरा गोल्डकपको अन्तिम आठ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा विहिवार भएको रोमाञ्चक खेलमा भरतपुरविरुद्ध संघर्षपूर्ण जित हात पारेको बाग्मतीले अघिल्लो यात्रा तय गर्दै क्वाटरफाईनलमा एपिफ क्लब काठमाण्डौसग भिडन्त हुने भएको छ । यस अघि भएको खेलमा आयोजक नवजनजागृति र त्रिभुवन अर्मी क्लब क्वाटर फाईनलमा प्रवेश गरी सकेका छन । आयोजक नव जनजागृति हिमालयन शेर्पा क्लबसग क्वाटरफाईनलमा भिडन्त गर्दै छ भने त्रिभुवन अर्मी क्लब बिदेशी अफ्रिकन टिमसग क्वाटरफाईनलमा भिडदैछ ।
बिहिबारको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टिमले बराबरी खेलेपछि नजिता सडन डेथबाट निस्किएको हो । सडन डेथमा बाग्मतीका गोलरक्षक अरुण ब्लोनले गोल गर्दा भरतपुर एफसिका प्रज्वल थापाको प्रहार क्रस बार माथीबाट बाहिरियो । यसअघि टाईब्रेकरमा दुबै टिमले २–२ गोल गरे । टाईब्रेकरमा राज भुषाल र .एकराज बुढाथोकीले गोल गर्दा उमेश राई, बिक्की चाम्लिङ र बिपिन गुरुङ अवसर खेर फाले ।
बाग्मतीका लागि स्टेफन समिर र प्रितम स्याङबोले गोल गरे । बाग्मतीका निरज थापा, अभि लामा सेभ र मिग्मा घिसिङको प्रहारले जाली चुम्न नसक्दा टाइब्रेकर बराबरीमा सकिएको थियो । भरतपुरका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरेका बाग्मतीका गोलरक्षक अरुण ब्लोन खेलको म्यान अफ दि म्याच घोषित भए । यसअघि निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्र्धात्मक बन्न पुग्यो । खेल अवधीभरमा पाएका राम्रा अवसर दुवै टिमले खेर फालेका थिए । पहिलो हाफमा भरतपुरले बाग्मतीलाई दवावमा राखेपनि दोस्रो हाफमा बाग्मतीले उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको बाग्मतीको फिनिसिङ लाइन भने कमजोर देखियो । प्रतियोगिता अन्तर्गत शुक्रबार बिजय युथ क्लब हेटौडा र सुदुरपश्चिम धनगढीबीच खेल हुनेछ ।
तस्विर ः भरतपुरविरुद्ध बल प्रहार गर्दै बाग्मतीका खेलाडी (रातो) ।