तेस्रो प्रदेश नं.२ स्तरिय तेक्वान्दो प्रतियोगिता बाराको सिमरामा

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । तेस्रो प्रदेश नं.२ स्तरिय तेक्वान्दो प्रतियोगिता बाराको सिमरा अवस्थित एकता पब्लिक इङलिस स्कुलमा आज बाट सुरु भएको छ ।

प्रतियोगीतामा २५ किलो तौल समुह देखी ५० किलो समुहका खेलाडीहरुले १३ वटा समुहमा महिला पुरुष गरी सहभागिता जनाएका छन । सिमरा तेक्वान्दो डोजाङका डोजाङ प्रमुख बिजय साह ठकुरीको सभापतित्वमा सम्पन्न उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभासल शोभा लामाले प्रतियोगिताको पानसमा बती बालेर उद्घाटन गर्नु भयो ।

उद्धघाटन कार्यक्रममा बिशिष्ट अतिथीमा नेपाल तेक्वान्दो सघ प्रदेश नं. २ का महासचिव राजकुमार लामा , अतिथिहरुमा नेपाल सितोरियो कराते डोजो प्रमुख सानु पटेल, एकता पब्लिक स्कुलका प्रिन्सिपल मदन तिमल्सीना लगायतको उपस्थिती रहेको थियो ।

जुरीमा बिजय साह ठकुरी निर्णायकहरुमा प्रमोद ठाकुर , भावना लामा, राजु माझी , उदयराज पान्डे, बिक्रम साह , सगम लामा लगायतका रहेका छन् ।

टिम कोचहरु नाजीर हुसेन अन्सारी , महमद बेश , बद्री सापकोटा , केशव खड्का , साहिल गिरि , बृजमोहन साह , अशोक लामा , रबिन्द्र सिङ्घ , अमित कुमार सिङ्घ , पार्वती बस्नेत रहेको प्रतियोगितामा २५ किलो तौल समुहका बिजेता र उपबिजेतालाई प्रमुख अतिथीबाट पदक बितरण कार्यक्रम समेत सम्पन्न भयो ।

शेयर
प्रतिक्रिया
Skip to content