सिमरा । ११औं जीतपुरसिमरा गोल्डकप अन्र्तगत बाराको सिमरा रगशालामा आज शनिबार भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक जन जागृति युवा क्वल सिमराले हिमालयन शेर्पा क्लब काठमाण्डौलाई दुईका बिरुद्ध तीन गोल गरी सेमी फाईनलमा प्रवेश गरेको छ ।
खेलको १९औ मिनेटमा हिमालयन शेर्पा क्लबका जर्सी नं.१२ का पुर्ण गुरुङ्ग.ले पहिलो गोल गरी हिमालयनका लागि खाता खोलेको थियो । २३ औ मिनेटमा आयोजक जन जागृतिकाका जर्सी नं. ८ का लुईस बिडानले बराबरीमा ल्याएका थिए । लगत्तै एक मिनेट नवित्तै आयोजक सिमराका जर्सी १० डोना थापाले गोल गरेसगै टिमलाई अग्रता दिलाए । आयोजक सिमराकै तर्फबाट ६२ औ मिनेटमा पाएको कर्नर किकलाई आयोजक सिमराका तर्फबाट जर्सी नं. १७ सफल रेग्मीले गोल गरी तीन गोल बनाउन सफल भए । ८७ मिनेटमा हिमालयन शेर्पाका जर्सी ७ रवि रानाले गोल गरी तीनका बिरुद्ध दुई गोल बनाउन सफल भएपनि टिमलाई बिजयी बनाउन सकेनन । आयोजक जन जागृती युवा क्लवका गोल रक्षक शुभास बल म्यान अफ द म्याच घोषित भए ।
हिजो भएको सुदुरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय युथ क्लब हेटौंडाले विश्वकर्मा सिमेन्ट ११औं जीतपुरसिमरा गोल्डकपमा क्वाटर फाइनल यात्रा तय गरेको थियो ।