सिमरा । बाराको सिमरामा सत्तचालित दुई दिने तेस्रो प्रदेश नं. २ स्तरिय तेक्वान्दो प्रतियोगितामा आयोजक सिमरा टिम प्रथम भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा दोश्रो बारा जिल्ला र तेश्रो सर्लाही जिल्ला हुन सभल भएका छन् । बाराको सिमरा अवस्थित एकता पब्लिक इङलिस स्कुलमा भएको प्रतियोगितामा ९० पुरुष र ६० महिला खेलाडीले भाग लिएका छन् ।
प्रतियोगिता सम्पन्न पछि समापन समारोहका प्रमुख अतिथी जीतपुरसिमार वडा नं. १ का वडाध्य्क्ष हिरा बहादुर गुरुन्ङले खेल क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । समारोहमा नेपाल तेक्वान्दो सघ प्रदेश नं. २ का महासचिव राजकुमार लामा, नेपाल किक भलिबल का जिल्ला अध्य्क्ष गोबिन्द चौधरी, गरुड सेकुरिटिका शाखा मेनेजर अजय बिक्रम साह , युवा नेता तृलोक शाह ठकुरी, युवा ब्यवसायि कपिल खरेल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा अन्तराष्ट्रीय खेलाडी कुमार मानन्धरलाई तामापत्रद्धारा सम्मानित गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी महिला तर्फ मनिषा वाइबा बारा टिमका र पुरुष निश्चल धामी आयोजक टिमका बन्न सफल भए ।